आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कालिका मन्दिरमा बस्ने जोगीलाई राहत !

कालिका मन्दिरमा बस्ने जोगीलाई राहत !


  • Dhorpatan News
  • चैत्र २२ २०७६, शनिबार
वडा कार्यालय परिसरबाट राहत लिएर निस्किँदै गरेका जोगीहरु । तस्विर सौजन्यः धनबहादुर परियार
वडा कार्यालय परिसरबाट राहत लिएर निस्किँदै गरेका जोगीहरु । तस्विर सौजन्यः धनबहादुर परियार

वडा कार्यालय परिसरबाट राहत लिएर निस्किँदै गरेका जोगीहरु । तस्विर सौजन्यः धनबहादुर परियार

बागलुङ, २२ चैत– भक्तजनहरुले भरिभराउ हुने बागलुङ कालिका मन्दिर परिसर लकडाउन सुरु भएसँगै सुनसान अवस्थामा छ । दिनमा एकाधबाहेक दर्शनार्थीहरु मन्दिरमा पुगेका छैनन् । मन्दिरमा दर्शनार्थीनै नआएपछि परिसरमा भिक्षा मागेर बस्ने जोगीहरुको दैनिकी नचलेको भन्दै बागलुङ नगरपालिका–१ रामरेखा वडा कार्यालयले उनीहरुलाई खाद्यान्न उपलव्ध गराएको छ ।
शनिबारदेखि सुरु गरेको मजदुर तथा विपन्नलाई खाद्यान्न राहत उपलव्ध गराउने कार्यक्रमअन्तर्गत जोगीहरुलाई पनि राहत सामग्री उपलव्ध गराईएको वडा अध्यक्ष दुर्गा बहादुर बोहराले जानकारी दिए । मन्दिरमा रहेका १८ जना जोगीमध्ये शनिबार १२ जनाले राहत सामग्री लिएका छन् । बाँकी ६ जनालाई आईतबार सामग्री उपलव्ध गराईने वडा कार्यालयले जनाएको छ । उनीहरुलाई पाँच किलो चामल, एक किलो दाल, एक पोका तेल र अन्य सामग्रीहरु उपलव्ध गराईएको छ ।
राहत वितरणको क्रममा रामरेखा निवासी व्यवसायीले वडा कार्यालयलाई सहयोग गरेका छन् । रामरेखाका लक्ष्मण श्री परियारले १० बोरा चामल, राहुल बोहराले ४ बोरा चामल र दिनेश बोहराले ४ बोरा चामल, ५ किलो दाल र ५ पोका तेल सहयोग गरेको लमिछानेले जानकारी दिए । उनीहरुले दिएको सामग्रीलाई समेत एकिकृत गरेर वितरण गरिने वडा कार्यालयले जनाएको छ । वडा नं. १ मा रहेका १ सय ६० परिवारलाई पहिलो चरणमा राहत उपलव्ध गराउनेगरि वितरण सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->