शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विश्व शान्तिको कामना गर्दै पोखरामा दीप प्रज्वलन

विश्व शान्तिको कामना गर्दै पोखरामा दीप प्रज्वलन


  • बिजय नेपाली
  • चैत्र २३ २०७६, आइतबार

पोखरा २३ चैत – विश्व अहिले कोरोना भाइरसको चपेटामा परेको छ । कोरोनाको कारण मृत्यु हुनेको संख्या पनि दैनिक बढ्दो क्रममा छ । कोरोनाको भयावहले हरेक मानिस त्रसित भएका छन । विश्व महामारीको रुपमा फैलिएको कोरोनाले विश्वमा मच्चाएको विन्डबाट छुटकारा र विश्व शान्तिको कामना गर्दै पोखरामा दिप प्रज्वलन गरिएको छ ।
सरकारले लक डाउनको घोषणा गरेको खण्डमा पोखरा ३ नदिपुरका वासिन्दाले भने आ आफ्नो घरमा दिप प्रज्वलन गरि विश्व शान्तिको कामना गरेका हुन ।
नदिपुर ज्ञानमार्ग टोलका स्थानियले कोरोनाको प्रभावले परेको देशमा शान्ती र भाइरसको कारण मृत्यु भएकाहरुको आत्माको शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेका हुन ।
‘बाहिर निस्कने अवस्था छैन , हामी घरमै बसेर पनि विश्व शान्तीको कामना गरेका छौ, हामी कोरोनाको भयबाट मुक्त हुदै मानसिक रुपमा बलियो भएर घरमै बसे कोरोनाबाट बच्न सक्छौू स्थानीय राजु हुसेनले भने । यस्तो बेलामा कोहिपनी बाहिर ननिस्कन र स्थानिय बासीहरुलाई घरमै बस्न समेत अनुरोध गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->