सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

तरुण दल कास्कीले बाँड्यो खाद्यान्न सामग्री

तरुण दल कास्कीले बाँड्यो खाद्यान्न सामग्री


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७६, सोमबार

पोखरा, २४ चैत – तरुण दल कास्कीले पोखराका विभिन्न ठाउँमा बसोबास गर्दै आएका विपन्न परिवारलाई राहत उपलब्ध गराएको छ । कास्की बाहिर घर भई पोखरामा दैनिक ज्यालादारीमा काम गरिरहेकाहरुलाई तरुण दलले खाद्यान्न सहयोग गरेको हो ।
पोखरा-५ का २५ परिवार र वडा नम्बर– ४ का ४० परिवारलाई चामल, दाल, नुन, तेल लगायत खाद्य सामग्री सहयोग गरिएको तरुण दलका महासमिति सदस्य सुरजजंग राणाले जानकारी दिए । खाद्य सामग्री बितरणो संयोजन भने नगर अध्यक्ष महेन्द्र पुन (भाञ्जा) ले गरेका थिए ।
तरुण दलले वडा नम्बर ५मा कांग्रेसका वडा सभापति फणिन्द्र पराजुली र सीता शर्मा,तरुण दल कास्कीका सभापति मनोज गुरुङ लगायतको समन्वयमा राहत बितरण गरेको हो । जनताको दुःखमा तरुण दल पनि सँगै रहेको सन्देश दिन खाद्यान्न बितरण गरिएको तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->