आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अब धौलागिरी अञ्चल अस्पतालमा ‘ग्लोब वाल सिस्टम’

अब धौलागिरी अञ्चल अस्पतालमा ‘ग्लोब वाल सिस्टम’


  • ढोरपाटन संबाददाता
  • चैत्र २४ २०७६, सोमबार

बागलुङ, २४ चैत– कोरोना संक्रमितको उपचारमा खटीने स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै धौलागिरी अञ्चल अस्पताल बागलुङमा ‘ग्लोब वाल सिस्टम’को सुरक्षा कवच निर्माण गरिएको छ । कोरियाले अपनाएको यो प्रविधिलाई राष्ट्रिय आविस्कार केन्द्रको पहलमा विकसित गरिएको हो । ‘कोरोनाको परीक्षणका लागि स्वाब लिन कोरियाले अपनाएको बिधिलाई इन्टरनेटमा हेरेर हामीले अपनाएका छौं’ राष्ट्रिय आविस्कार केन्द्रका अभियान्ता महाविर पुनले भने, ‘यो कुनै नयाँ प्रबिधि होईन, डाक्टर बचाउने उपाय त भयो नि ।’ कोरोनाको आशंका भएका बिरामीको नमुना संकलन र चेकजाँचका लागि समेत चिकित्सकहरुलाई सहज बनाउनका लागि यो प्रबिधि अपनाईएको पुनले बताए ।
यसको निर्माण बागलुङकै निर्माण व्यवसायीहरुले गरेका छन् । कोरोना संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारमा खटीने स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्न ‘ग्लोब वाल सिस्टम’ उपयोगी हुने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा शैलेन्द्र बि. पोखरेलले बताए । ‘सबै आल्मुनियम प्रयोग गरेर बुथ बनेको छ’ पोखरेलले भने, ‘सिलिकन कोटेट भएकाले हावा समेत भित्र जाँदैन् ।’ बुथबाट निकालिएका दुईवटा पञ्जाको सहायताले जस्तोसुकै बिरामीको उपचार गर्न सकिने उनले बताए ।
‘बुथबाट निकालिएका पञ्जा प्रर्मानेन्ट हुन्, हामीले प्यासेन परिवर्तन हुँदा अर्को पञ्जा परीवर्तन गर्छौं’ उनले भने, ‘यसबाट कुनैपनि संक्रमित बिरामीबाट अर्कोमा सर्ने वा चिकित्सकमा सर्ने सम्भावना हुँदैन् ।’ सिलिकनले सबै ठाउँ टालिएकाले हावा समेत बुथमा छिर्दैन । बागलुङका होमियोप्याथीक चिकित्सक कृष्ण कुमार शैंजुको पहलमा राष्ट्रिय आविस्कार केन्द्रले अञ्चल अस्पतालसँग सहकार्य गरेको हो ।
‘धेरै ठाउँमा प्रयोग भएको देखेपछि मैले गरौं न भने महाविर पुन सरले हुन्छ भन्नुभयो ।’ शैंजुले भने, ‘पिपिइको बचत र बिरामी तथा चिकित्सकको सुरक्षामा सहयोग पुग्छ ।’ बुथ निर्माणका लागि ७० हजार खर्च भएको उनले बताए । निर्माण सामग्री केन्द्रले सहयोग गरेको हो भने निर्माणका स्थापनाका लागि लाग्ने खर्च अस्पताल व्यवस्थापनले उपलव्ध गराएको हो । ‘बुथ निर्माण भएको छ परीक्षण गरेर हेर्छौं’ डा. पोखरेलले भने, ‘उपयोगी हुने आशा छ ।’ आल्मुनियम, प्लाइउड, प्लाष्टिक, बत्ती, सिसा र पञ्जा बुथमा प्रयोग गरिएको छ । उनका अनुसार अहिले तयार भएको यो यो बुथ एउटा बाकसजस्तो भेण्टिलेटर नै हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->