पोखरा, २८ चैत – कोरोनाभाइरसका कारण विश्वभरि मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या एक लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। शुक्रबार रातीसम्म विश्वभरि सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या १ लाख ४ सय ८३ नाघेको छ ।
संक्रमितको संख्या १६ लाख ७५ हजार ६ सय पुगेको छ । सङ्क्रमणको हिसाबले अमेरिका तालिकामा सबैभन्दा अगाडि छ । शुक्रबार एकै दिन अमेरिकामा १ हजार २२९ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १७ हजार ९१९ पुगेको छ। अमेरिकामा ४ लाख ७८ हजार ९८ संक्रमितमध्ये ९ हजार ५३२ जना नयाँ संक्रमित थपिएका छन्।




