सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मन्त्री पूनको विद्यार्थीमा अनुरोध : ‘शिक्षकसंग सम्पर्कमा रहेर जिम्मेवारी पुरा गर्नु’

मन्त्री पूनको विद्यार्थीमा अनुरोध : ‘शिक्षकसंग सम्पर्कमा रहेर जिम्मेवारी पुरा गर्नु’


  • ढोरपाटन संवाददाता
  • बैशाख २ २०७७, मंगलबार

पोखरा, २ बैशाख – गण्डकी प्रदेशका श्रम रोजगार तथा सामाजिक बिकास मन्त्री नरदेवी पुनले कोरोना भाइरसको चूनौतीलाई सामना गर्न सवैको सहभागिता आवश्यकता भएको वताएकी छिन् । मंगलवार साँझ विद्यार्थी र अभिभावकलाई सम्बोधन गर्दै मन्त्री पुनले घण्टौ पैदलै हिडेर परिक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई फर्काउनु पर्दा आफुलाई नरमाइलो लागेको वताएकी छिन् । सरकारले गरेको निर्णय ठिक थियो भन्ने अहिले आएर पनि भएको वताउदै उनले विद्यार्थीलाई छिट्टै नै सामान्य दिनमा फर्किने विश्वास दिलाएकी छिन् ।
आफ्नो फेसवुकमा विधार्थी र अभिभावकका नाममा भावुक अनुरोध गर्दै भनेकी छिन्, ‘परिक्षा तोकेको अघिल्लो दिन स्थगित हुदाँ घन्टौ पैदल हिडेर परिक्षा केन्द्र पुगेका लाखौ बिद्यार्थी निराश हुनु परेको खबर मिडियाहरुमा हेर्दा मलाई पनि नरमाइलो लागेको थियो तर जुन समयमा सरकारले परक्षा स्थगित गर्ने निर्णय गर्यो त्यो सहि थियो भनेर आज पुष्टि भएको छ । प्रिय विद्यार्थी भाइबहिनीहरु, बिश्व मानव जगतको सामु खडा भएको कोरोना भाइरस (कोभिड १९) को चुनौती हामीलाई सबै कार्य र गतिविधिलाई थाती राखेर कोरोना भाइरसको विरुद्ध जुध्न बाध्य बनाएको छ ।’
विद्यार्थी समाजको सचेत वर्गको स्मरण गर्दै मन्त्री पुनले आआफ्नो स्थानमा रहेर महामारीको विरुद्ध सचेतनताको भूमिका निर्वाह गर्न पनि अनुरोध पनि गरेकी छिन् । उनले भनेकी छिन्, ‘विधार्थी स्वयममा सचेत बर्ग पनि हो, आफ्नो अध्यनलाई निरन्तरता दिदै सम्भावना भएसम्म प्रबिधिको प्रयोग गर्ने निरन्तर आफ्ना शिक्षकहरुसंग सम्पर्कमा रहने र आफ्नो घरपरिवार र छिमेकमा यो महामारी विरुद्ध दैनिक सचेतना जगाउने, बिश्व स्वास्थ्य संगठन र नेपाल सरकारले गरेको अनुरोधलाई पालन गर्न सबैलार्इ अनुरोध गर्ने कार्यमा यहाँहरुले भुमिका खेलिरहनु भएको छ भन्नेमा म बिश्वास ब्यक्त गर्दछु ।’
मन्त्री पुनल स्वास्थकर्मीहरुलाई पनि सिमित साधान र स्रोतमा काममा जुटेकोमा समेत धन्यवादी दिएकी छिन् । मन्त्री पुनले भावुक रुपमा भनेकी छिन्, ‘साथीहरुलाई सिमित स्रोत र साधनका बाबजुद अगाडि लगाएर समग्र राज्य संयन्द्र निरन्तर खटिरहेका छौ । नेपाल सरकारले जोखिमलाई मध्यनजर गर्दै देशका सबै सिमा नाकाहरु बन्द गरेको छ, हवाइअड्डा बन्द छ्न, नागरिकलार्इ घर भित्रै बस्न आह्वान गर्दै देश पुर्णरुपमा लक डाउन हुदाँ समग्र गतिविधि ठप्प पारिएको छ । यसमा स्वास्थ्यकर्मीको भूमिका उल्लेखनीय नै छ ।’ मन्त्री पुनले अन्त्यमा सवैलाई अनुरोध गर्दै भनेकी छिन्, ‘हामी सबै आफ्नो ठाउँबाट कोरोना रोकथाम र निर्मुल पार्न जुटौ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->