शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अमेरिकामा एकै दिन झण्डै २५ सयकाे मृत्यु, फ्रान्समा १४ सय

अमेरिकामा एकै दिन झण्डै २५ सयकाे मृत्यु, फ्रान्समा १४ सय

विश्वभर मृत्यु हुनेको संख्या १ लाख ३४ हजार पाँच सय आठ पुग्याे


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०७७, बिहिबार
फाईल फोटो

काठमाडौं, ४ बैशाख -अमेरिकामा विगत २४ घण्टामा २ हजार चार सय ७९ जनाको मृत्यु भएको छ । कोरानाको इपिसेन्टर बनेको अमेरिकामा अहिले सम्म ज्यान गुमाउनेको संख्या २८ हजार पाँच सय २६ पुगेको छ । वल्डोमिटरले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकामा एकै दिन ३० हजार भन्दा बढी संक्रमित थपिएका छन् । अमेरिकामा कुल संक्रमितको संख्या ६ लाख ४४ हजार ५५ पुगेको छ। सबै भन्दा धेरै न्यूयोर्कमा ११ हजार पाँच सय ८६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै न्यूयोर्क पछि न्यूजर्सीमा ३ हजार भन्दा बढीको ज्यान गएको छ ।

न्यूयोर्कमा २ लाख १४ हजार संक्रमित छ । अमेरिकामा अहिलेसम्म ४८ हजार मानिस निको भएर घर फर्किएका छन् ।  अमेरिका पछि फ्रान्समा यसको महामारी भयावह हुँदै गएको छ । फ्रान्समा एकै दिन १४ सय ३८ जनाले ज्यान गुमाएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या १७ हजार १ सय ६८ पुगेको छ । इटालीमा २१ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा १८ हजार ८ सय १२ जनाको मृत्यु भएको छ । बेलायतमा पनि मृतकको संख्या १२ हजार ८ सय ८६ पुगेको छ । त्यहाँ ९८ हजार चार सय ७६ जना संक्रमित छन् । विश्वभर मृत्यु हुनेको संख्या १ लाख ३४ हजार पाँच सय आठ पुगेको छ। २० लाख ८१ हजार भन्दा बढी मानिस संक्रमित छन् । त्यस्तै पाँच लाख नौ हजार भन्दा बढी मानिस निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->