मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

जन्मगाउँलाई हङकङबाट तुलसीको १० लाख सहयोग

जन्मगाउँलाई हङकङबाट तुलसीको १० लाख सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०७७, शुक्रबार

पोखरा, ५ बैशाख– कोरोनाको सन्त्रासबीच बाँचिरहेका गण्डकी प्रदेश मादी गाउँपालिका अन्र्तगतका गाउँमा तुलसी कुमार गुरुङले १० लाख रुपैयाँको आर्थिक सहयोग गरेका छन् । हङकङमा बस्दै आएका गुरुङले शुक्रबर एक कार्यक्रमबीच गुरुङकी आमा काली गुरुङमार्फत वारचौक गाउँका पुर्व प्रधानाध्यापक कृष्णबहादुर गुरुङलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
ग्राण्ड मास्टर तुलसी भन्छन् मादी गाउँपालिकाअन्र्तगतका वारचौक, तोगीगाउँ, पुरानो भाचौक, मेनभा चौक मेरो आमा र मेरो जन्मगाउँहरु हुन् । लकडाउनको समाप्तीसंगै करिब १ सय ९६ घरधुरी रहेको उक्त गाउँमा ५ हजार रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरिने छ । राहत रकम वितरणलाई सहज बनाउनका लागि ईश्वरबहादुर गुरुङको नेतृत्वमा समिती निर्माण गरिएको छ ।
‘अनौठो भाईरसले संसार आतंकित बनिरहेको छ, आफ्नो जन्मगाउँमा मैले सकेको सहयोग गरेको हुँ, आत्मसन्तुष्टिभन्दा ठुलो केही नहुने रहेछ’ गुरुङले भने जीवनका अधिकांश समय विदेशमा ब्यतित गरेपनि मेरो मन र समर्पण जहिल्यै आफ्नै देश र गाउँमा रह्यो ।’ २० बर्ष ब्रिटिस आर्मीमा बिताएका गुरुङ निवृतपछि हङकङलाई कर्मथलो बनाईरहेका छन् ।
हङकङको नेपाली समाजमा स्वच्छ, ईमान्दार र कर्मनिष्ठको छवी बनाएका उनी नेप्लिज तेक्वान्डो एसोसियसन हङकङ प्रेसिडेन्ट, मितेरी सेवा समिती पोखरा अध्यक्ष, वीवील राईज फाउन्डेशन संस्थापक लगायतका सामाजिक संघसस्थामा आवद्ध छन् । गुरुङले खेलकुद र शिक्षाको क्षेत्रमा ब्यक्तिगत र संस्थामार्फत सहयोग जुटाउँदै आएका छन् ।
भुकम्पपछि सहयोग गर्ने हेतु स्थापना गरिएको वीवील राईज फाउण्डेशनले अहिले शिक्षा, खेलकुदको क्षेत्रमा निरन्तर सहयोगका कार्यक्रमहरु गरिरहेको छ । संसारको जुनसुकै कुनामा बसे पनि नेपाली मन र नेपाली सानको लागि काम गरिरहने उनी बताउँछन् ।
तस्बिर सौजन्य ः सुदर्शन रञ्जित

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->