बागलुङ, ६ बैशाख– आफ्नो स्थापना दिवशको अवसरमा नेपाल बिद्यार्थी संघले धौलागिरी अञ्चल अस्पतालमा पिपिई बितरण गरेको छ ।
नेबिसंघले ५१ औं स्थापना दिवस पारेर ७ थान पिपिई सेट सहयोग गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र बिक पोखरेललाइृ नेविसंघकाका निवर्तमान केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले सामाग्री हस्तान्तरण गरे ।
नेविसंघले शनिवार अस्पतालमा रक्तदान कार्यक्रम पनि गरेको थियो । कार्यक्रममा ७ जनाले रक्तदान पनि गरे । उक्त अबसरमा सुवेदीले आम नागरिकको स्वास्स्थय रक्षामा खटिने स्वास्थ्यकर्मीको ज्यान बचाउने दायित्व पुरा गर्न पिपिइ सहयोग गरेको बताए । कोरोना भाइरस बिरुद्द स्वास्थ्य परीक्षण देखि स्वाब संकलन र उपचारका क्रियाकलापमा पिपिइ लगाउनु पर्छ । स्वासप्रश्वास तथा ¥यालबाट सर्ने भएकोले बढी जोखिम हुन्छ । अहिले सम्म ओषधि पत्ता नलागेकोले कोरोना भाइरस बिरुद्ध विश्वका सबै देशहरु अहिले लडिरहेका छन् ।
कार्यक्रममा पोख्रेलले स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि सबैक्षेत्रबाट आएको सहयोगले उपचारमा हौसला थपिएको बताए । नेबिसंघका अध्यक्ष खड्ग थापाले राजनीतिक परिवर्तन सँगै स्वास्थ्य सुरक्षाको क्षेत्रमा पनि आफ्नो संगठन संयुक्त रुपमा लड्न चाहेको बताए ।





