मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पोखराको कोषमा गुप्तेश्वर गुफाको ५ लाख सहयोग

पोखराको कोषमा गुप्तेश्वर गुफाको ५ लाख सहयोग


  • Dhorpatan News
  • बैशाख ७ २०७७, आइतबार

पोखरा, ७ वैशाख – पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शनिबार पोखरा छोरेपाटनको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले ५ लाख सहयोग गरेको छ । समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतको टोलीले ५ लाखको चेक पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख जिसीले सहयोग सानो÷ठूलो नहुने भन्दै गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गरेको सहयोग सह्रानीय रहेको बताए । उनले महानगरले करिब २५ हजार परिवारलाई राहत वितरण गरिसकेको बताउँदै राहत वितरणमा भएका कमी कमजोरीको बारेमा मसिनो गरी अध्ययन अनुसन्धान गरिएको बताए । जनताले तिरको करबाट नै महानगरले राहत वितरण गरेकाले त्यसप्रति निगरानी राख्न र राहत पाउनै पर्ने केही पनि नछुटुन भनेर महानगरले पैसा नलाग्ने हटलाइन ११८१ सञ्चालनमा ल्याएर गुनासोलाई सम्बोधन गरिरहेका जानकारी उनले दिए ।
गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले गुफाको आम्दानीबाट नै महानगरलाई सहयोग गरेको बताउँदै दुई शिक्षण संस्था पनि त्यसैको आम्दानीबाट सञ्चालन भइरहेको बताए । गुफा अवलोकन बन्द हुँदा आम्दानी घटेको उनको भनाइ छ । समितिका सचिव हरि लम्सालले लकडाउनका कारण समस्यामा परेका पीडितले राहत पाउने वातावरण मिलाउन मिडियाले पनि भूमिका खेल्नुपर्ने बताउँदै सतही भन्दा पनि अध्ययन र अनुसन्धान गरेर समाचार सम्प्रेषण गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->