आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बरेङ-३ बाटाकाचौरका अध्यक्ष खनालको घरमा आगलागी, छोराको मृत्यु

बरेङ-३ बाटाकाचौरका अध्यक्ष खनालको घरमा आगलागी, छोराको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०७७, सोमबार

        चन्द्रकोट गाउॅपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको वडाध्यक्ष खनालको घरमा लागेको आगो ।
बागलुङ, ८ बैशाख – जिल्लाको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडा अध्यक्ष पूर्ण खनालको घरमा आगलागी हुदाँ उनका कान्छा छोरा समिर खनालको मृत्यु भएको छ । छिमेकी गुल्मी जिल्ला चन्द्रकोट गाउॅपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको वडाध्यक्ष खनालको घरमा सोमवार दिउसो आगलागी भएको हो । आगलागीमा परेर एकै परिवारका एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको चन्द्रकोट प्रहरी चौकीका इन्चार्ज रामप्रसाद धबलले बताए । बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुदाँ वडा अध्यक्ष खनालका कान्छा छोरा १५ वर्षिय समिर खनालको मृत्यु भएको हो। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ । घरबाटै डिजल, पेट्रोलसमेत विक्रि गर्दै आएकाले तत्काल आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । परिवारका चारै जना घरभित्र रहेको भएपनि अर्को घरबाट तत्काल तीन जनाको उद्धार सम्भव भएको तर, एक जनाको उद्धार गर्न नसकिएको स्थानीय नरबहादुर बिकले बताए । घाईते वडाध्यक्ष खनाल र उनकी श्रीमतीलाई उपचारका लागि पाल्पा पठाइएको बिकले बताए । अपडेट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->