मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

रेवान पोखराकाद्धारा ६४ जनालाई राहत वितरण

रेवान पोखराकाद्धारा ६४ जनालाई राहत वितरण


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७७, मंगलबार

पोखरा, ९ वैशाख– रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले रेष्टुरेण्टहरुमा काम गर्ने ६४ जनालाई राहत वितरण गरेको छ । लकडाउनका कारण घर नगई पोखरामा नै बसेकाहरुलाई सोमबार रेवानले सहयोग प्रदान गरेको हो । उनीहरुलाई चामल १२ केजी, दाल २ केजी, तेल १ लिटर, १ किलो नुन, स्वायविन लगाएतका खाद्य सामग्री वितरण गरेको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान)का अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए ।
‘रेष्टुरेण्टमा काम गर्नेहरुलाई खानेकुराको अभाव भयो भन्ने थाहा पाउनेवित्तिकै सहयोग गरेका हौ,’ अध्यक्ष भुजेलले भने ‘रेवानको बैठक बसेर आवश्कय रकम छुट्टाएका छौ ।’ उनले एउटा परिवारलाई १५ सय बराबरको सामग्री दिएको बताए । वितरण कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजीब पहारी, वडा सदस्य हरि पहारीले सहयोग प्रदान गरेका थिए । त्यसैबीच, रेवान पोखराले कोरोना भाइरसको संक्रमण फैलान नदिन लेकसाइडमा किटनासक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केको छ । राहत वितरण र औषधि छर्कन करिब १ लाख ५० हजार खर्च भएको अध्यक्ष भुजेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->