‘नयाँ रोग, नयाँ अनुभव कठिन परिस्थितीसँग जुधेर काम गरियो’ अस्पतालका डा. प्रदिप श्रेष्ठ भन्छन् ‘कोरोनाको संक्रमण यहीँ देखिनु दुःखद हुँदाहुँदै पनि हामीले सिक्ने अवसर पनि त पायौं ।’
बागलुङ, ११ बैशाख– तीन साता पहिला कोरोना संक्रमण भएकाका बिरामी आउँदा अस्पतालका चिकित्सकनै भाग्ने अवस्था थियो । नत गतिलो मास्क नत बिरामीको नजिक जाँदा लगाउनुपर्ने पिपिई ।
एकदुई थान पिपिईको सहायतामा धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा भर्ना भएका बिरामीको उपचारमा चिकित्सकहरु लागे, जुन काम चुनौतीपूर्ण थियो । काम चल्दै गयो, सामग्री आउँदै गए । अहिले गण्डकी प्रदेशमै कोरोनाका बिरामीको सफल उपचार गराउने अस्पतालको रुपमा धौलागिरी अञ्चल अस्पतालले परिचय बनाएको छ । कोरोनाका बिरामीको उपचारमा सिमित स्रोतसाधनबीच अस्पतालका चिकित्सक र व्यवस्थापनले गरेको मेहेनतका कारण अहिले सबैको आँखा पर्न थालेको छ ।
गत चैत १५ गते राती पहिलो कोरोना संक्रमित बिरामीको अस्पतालको आईसोलेसनमा उपचार सुरु भयो । त्यसको पाँच दिनपछि चैत २० गते दोस्रो संक्रमितलाई यहीँ उपचारका लागि ल्याईयो । पहिलो संक्रमित आउनुभन्दा पाँच दिनपछि अस्पतालमा केही स्वास्थ्य सुरक्षा सामग्री थपिएका थिए तर ठुलो परिवर्तननै देखिने गरी केही भएको थिएन् । ‘बिस्तारै केन्द्र र प्रदेशको आँखा प¥यो अहिले सुरक्षा सामग्रीको समस्या छैन’ अस्पताल व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले भने ‘पर्याप्त नभए पनि काम चल्नेगरी सामग्री आएका छन् ।’
दोस्रो संक्रमित देखापरेपछि प्रदेश र केन्द्र सरकारले समेत आँखा अस्पतालमा पु¥यायो । फलतः यहाँ भेण्टिलेटर आए, पीपीई, मास्क र अरु स्वास्थ्य सामग्री पनि । लामो समय कसरत गर्दा निर्माण हुन नसकेको सघन उपचार कक्षसमेत बन्यो । स्टार्फ नर्सहरुले तालिम प्राप्त गरेपछि यो पनि सञ्चालनमा आउने शर्मा बताउँछन् ।
अस्पतालमा उपचार र सुधारका काममा आएको गतिलाई स्वास्थ्य मन्त्रालय र प्रदेशको सामाजिक बिकास मन्त्रालयले अनुगमन गरिरहेका छन् । ‘यो बिचमा प्रदेश र केन्द्रबाट सरहरु आईरहनुभएको छ’ बुधबार स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसंग भेटवार्ता गरिरहेका निमित्त मेडिकल सुपरिटेण्डेण्ट शैलेन्द्र बिक पोखरेलले भने ‘पहिलेभन्दा अहिले केही सहज भएको छ ।’ उनीहरु अस्पताल परिसरमा डुलिरहेकै बेला कोरोना परीक्षणको लागि अस्पतालको गेट नजिकै बनेको बुथबाट ¥यापिड डाईनोष्टिक टेष्ट भैरहेको थियो । कोरियन प्रबिधिबाट बनाईको बुथ अन्य ठाउँका लागि नमुना बन्न सक्थ्यो ।
दोस्रो संक्रमित देखापरेपछि प्रदेश र केन्द्र सरकारले समेत आँखा अस्पतालमा पु¥यायो । फलतः यहाँ भेण्टिलेटर आए, पीपीई, मास्क र अरु स्वास्थ्य सामग्री पनि । लामो समय कसरत गर्दा निर्माण हुन नसकेको सघन उपचार कक्षसमेत बन्यो ।
बुधबारनै पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीसहितको समुहले अस्पतालको व्यवस्थापन र खटनपटनको बिषयमा अवलोकन गरेको छ । ‘यहाँ कसरी व्यवस्थापन भैरहेको रहेछ भनेर हेर्न आएका हौं’ पहाडीले भने ‘उपचार गराईरहेकी बहिनीसँग पनि कुराकानी गराउनुभयो, अवस्था सुध्रिएछ ।’ उनले साविकको धौलागिरीका तीन जिल्लाले समन्वयात्मक हिसाबले काम गर्नुपर्ने बताए ।
‘नयाँ रोग, नयाँ अनुभव कठिन परिस्थितीसँग जुधेर काम गरियो’ अस्पतालका डा. प्रदिप श्रेष्ठ भन्छन् ‘कोरोनाको संक्रमण यहीँ देखिनु दुःखद हुँदाहुँदै पनि हामीले सिक्ने अवसर पनि त पायौं ।’
अस्पतालको आईसोलेसनमा अहिले बागलुङ नगरपालिका–४ की १९ बर्षिया युवती उनको उपचार भैरहेको छ । चौथोपटक पठाईएको थ्रोट स्वाको नतिजासमेत पोजेटिभ आएपछि पाँचौंपटक स्वाब परीक्षणमा पठाईएको छ । ‘अब बिहिनीको पनि नेगेटिभ रिपोट आउनेमा आशाबादी छौं’ मेसु पोखरेलले भने ‘लक्षण केही छैन, स्वास्थ्य पुर्णरुपले सामान्य छ ।’ बिहिबारसम्म उनको नतिजा आउने उनले बताए । अस्पतालबाट बागलुङकी दोस्रो संक्रमित ६५ बर्षिया मनकुमारी पौडेल त निको भएर घर फर्किएकी छन् । बिरामीमा आएको सुधार र अस्पतामा भैरहेको सुधार दुवैले उत्साहित बनाएको चिकित्सकहरु बताउँछन् ।





