मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

आमाको सम्झनामा मानव सेवा आश्रमलाई खाद्यान्न

आमाको सम्झनामा मानव सेवा आश्रमलाई खाद्यान्न


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७७, बिहिबार

पोखरा, ११ बैशाख– गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले मातातीर्थ औंशीको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेकी छिन् । उनले चामल दाल नून, तेल लगायत अन्य सामाग्री हस्तान्तरण गरेकी हुन् । आफ्नी आमा देहान्त भएको र आमाको सम्झनामा उनले सो खाद्यान्न आश्रमलाई प्रदान गरेको बताईन् ।
यसैबीच, जिफन्ट उपाध्यक्षसमेत रहेकी उनले पोखराका चाउचाउ उद्योगहरु निरीक्षण गरेकी छिन् । केहि दिनअघि मात्रै हिम श्री फुड्स र रम्भा तयारी चाउचाउ उद्योगहरु संचालनमा आएपछि मजदुरहरुको अवस्थाबारे निरिक्षण गरिएको उनले बताईन् । निरीक्षणको क्रममा मजदुरबाट कुनैपनि गुनासो नआएको बताईन् । उनले भनिन्– ‘कम्पनीमा बिश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार काममा लगाईएको, सामाजिक दुरी कायम गरि महिला र पुरुषलाई छुट्टाछुट्टै क्वारेन्टाइनमा राखिएको छ ।’ चाउचाउ उद्योग निरीक्षणका क्रममा उनले मजदुरहरुलाई काम गर्दा सावधानी अपनाउन आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->