सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङमा १६ शैय्याको आइसोलेसन वार्ड, जनशक्ति छैनन्

बागलुङमा १६ शैय्याको आइसोलेसन वार्ड, जनशक्ति छैनन्

आइसोलेसनमा कम्तिमा पनि डव्लुएचओले तोकेको जनशक्ति र भेण्टिलेटर लगायतका उपकरणको आवश्यकता हुन्छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०७७, शुक्रबार

                                  तस्विर : धौलागिरी अञ्चल अस्पतालमा तयार हुदैँ गरेको सघन उपचार कक्ष ।

बागलुङ, १२ बैशाख – बागलुङमा सरकारी र निजी स्वास्थ्य संस्थामा गरी १६ शय्याको आइसोलेसन वार्ड तयार भएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको सम्भावित बिरामी र सङ्क्रमितलाई उपचार गर्ने गरी आइसोलेसन वार्ड तयार गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको हो । दुईजना कोरोना सङ्क्रमितको उपचार गरेको धौलागिरी अञ्चल अस्पतालले आठ शय्याको आइसोलेसन वार्ड तयार गरेको छ । यसअघि सो अस्पतालमा चार शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको थियो । नीजि क्षेत्रबाट सञ्चालित सदरमुकामको मुक्तिनाथ अस्पतालले पनि दुई शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको जनाएको छ ।
त्यस्तै, सहकारीले सञ्चालन गरेको निलगिरी अस्पतालले ३ शय्याको आइसोलेसन वार्ड तयार गरेको छ । नीजि क्षेत्रले नै सञ्चालन गरिरहेको सफल पोलिक्लिनिकले पनि एक शय्या र गलकोट हटियास्थित आरोग्य अस्पतालले दुई शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
धौलागिरी अञ्चल अस्पताल बाहेकका स्वास्थ्य संस्थामा जनशक्तिको भने अभाव छ । “अफठ्यारो अवस्था आइहालेमा काम चलाउनका लागि पनि आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ तर मापदण्ड अनुसारको जनशक्ति भने छैन”, प्रमुख गुरौले भने, “कठिन अवस्थामा प्राप्त जनशक्तिको उच्च व्यवस्थापन गरेर पनि चलाउन सकिन्छ ।” आइसोलेसनमा कम्तिमा पनि डव्लुएचओले तोकेको जनशक्ति र भेण्टिलेटर लगायतका उपकरणको आवश्यकता हुन्छ । धौलागिरी अञ्चल अस्पतालमा मात्रै भेण्टिलेटरसहितका आइसोलेसन शय्या छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->