बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

जुमका प्रयोगकर्ता दैनिक ३० करोड पुगे

जुमका प्रयोगकर्ता दैनिक ३० करोड पुगे


  • Dhorpatan News
  • बैशाख १२ २०७७, शुक्रबार

काठमाडौं, १२ वैशाख – भिडिओ कन्फ्रेन्सिङ प्लेटफर्म जुमका प्रयोगकर्ता गएको ३ हप्तामा ५० प्रतिशतले बढेका छन्। लकडाउन तथा दुरी कायम गर्नुपर्ने अवस्था आएपछि संसारभर यसको प्रयोगमा बढोत्तरी भएको छ।जुमले आफ्नो व्लगपोष्टमा सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले जुमका दैनिक प्रयोगकर्ता ३० करोड पुगेका छन्। जुम मिटिङको संख्या दिनदिनै बढ्दै गएको कम्पनीले जानकारी दिएको छ।
डेटा सेफ्टीका हिसाबले कमजोर भएको भन्दै जुममाथि प्रश्न उठिरहेको छ। यही प्रश्नकै कारण विश्वभरका विभिन्न संस्था तथा सरकारहरुले पनि रोक लगाइरहेकाक छन्। ताइबान,सिंगापुर र जर्मनीले यसको प्रयोगमाथि ‍ रोक लगाएका छन्। त्यस्तै भारत सरकारले पनि जुमको प्रयोग नगर्न सुझाव दिएको छ। शैक्षिक संस्थाहरुले पनि यसको प्रयोगमा रोक लगाइरहेका छन्।
यसका बाबजदु पनि जुमका प्रयोगकर्ता भने बढिरहेका छन्। कम्पनीले भने डेटा सेफ्टीका लागि भन्दै नयाँ नयाँ फिचर थप गर्दै बलियो बनाउँदै गएको जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->