kqsf/ ;Dd]ng
kf]v/f, !# j}zfv . u08sL k|b]z, d'VodGqL sfof{no kl/;/df sf]le8!( sf] ;ªqmd0f /f]syfd / cfufdL /0fgLltaf/] hfgsf/L lbg zlgaf/ cfof]lht kqsf/ ;Dd]ngdf d'VodGqL k[YjL;'Aaf u'?ª . t:jL/M /flwsf sF8]n, /f;;
पोखरा, १३ बैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भारतमा संक्रमण नियन्त्रणम नहुँदासम्म नेपालमा पनि लकडाउन लम्ब्याउनु पर्ने बताएका छन् । उनले लकडाउनको मोडल परिवर्तन गर्दै निर्माण र उत्पादनका क्षेत्र खोल्नुपर्ने तर्क पनि गरेका छन् । संघीय सरकारबाट घोषित लकडाउनको समयसीमा सकिन एक दिनमात्रै बाँकी रहँदा गण्डकीका मुख्यमन्त्री गुरुङले शनिबार केही पत्रकार सामु भने, ‘लकडाउन त निश्चित रुपमा लम्बिँन्छ । तर, मोडालिटी परिवर्तन हुन्छ । भारतमा संक्रमण नघट्दासम्म यहाँ हतार गर्नुहुन्न । म लापरबाही गर्न हुन्न भन्ने पक्षमा छु, काठमाण्डौबाट पनि ल्याउनुहुन्न भन्नेमा छु ।’
गण्डकी नै ग्रिन जोन
मुख्यमन्त्री गुरुङले बागलुङमा संक्रमण देखिएका दुबैजना घर फर्केपछि यो प्रदेश नै कोरोना मुक्त‘ ग्रिन जोन’ भएको घोषणा गरे । ‘बागलुङ रेडजोन हो भन्ने थियो, बागलुङमा पनि दुईवटाभन्दा बढी नदेखिएपछि त्यो पनि ग्रिन जिल्ला हो’, उनले भने, गण्डकीका ११ वटै जिल्ला ग्रिन जिल्ला ८५ वटै पालिकाहरु ग्रिन छन् । ’विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गर्ने भनेकाले अंशुलाई डिस्चार्ज गरिएको बताउँदै उनले प्रदेश आजको दिनमा कोरोनाबाट मुक्त भयो, यसलाई कायम राखौँ भन्ने आफ्नो धारणा रहेको बताए ।