सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एक सातापछि बल्यो शंखरपोखरीमा बिजुली

एक सातापछि बल्यो शंखरपोखरीमा बिजुली


  • निर्मल पौडेल
  • बैशाख १३ २०७७, शनिबार

पर्वत, १३ बैशाख– हावाहुरीसँगै परेको चट्याङले प्रसारण लाईनको ट्रान्सफर्मरमा क्षति पु¥याएपछि विद्युत आपुर्ति बन्द भएको यहाँको एक गाउँमा एक सातापछि बिजुली बलेको छ । पर्वतको फलेवास नगरपालिका–३ शंखरपोखरीमा एक सातापछि बिजुली बलेको हो ।
गत आईतबार साँझ परेको चट्याङका कारण क्षति पुगेको ट्रान्सफर्मर लगायतका बिद्युतिय सामग्रीको मर्मतपछि बिद्युत सेवा सुचारु भएको विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले जनाएको छ । बैशाख ७ मा परेको चट्याङले शंखरपोखरीकै एक महिलाको ज्यान समेत लिएको थियो ।
विद्युत आपुर्ति बन्द हुँदा शंकरपोखरीका खल्डाँडा, विरौटा, अमलाह, तिउरे, सराङ्दी, लगायतका गाउँका झण्डै ३ सय घरधुरी अन्धकारमा थिए । चट्याङले विद्युतको तार, पोल लगायत ट्रान्सफर्मर भएको ठाउँमा वरिपरिसमेत क्षति पु¥याएको थियो । शनिबारदेखि विद्युत नियमित भएको शंखरपोखरीका स्थानीय सौगात रिजालले बताए । विद्युतीय ट्रान्सफर्मर र इन्सुलेसनमा क्षति पुगेकाले लगातार पाँच दिन लगाएर मर्मत गरेपछि बिद्युत आपूर्ति नियमित गरिएको वितरण केन्द्र पर्वतका प्रमुख नारायण चौधरीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->