शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बरेङ र काठेखोलाले आफ्ना नागरिकरहेकै ठाउँमा राहत पुर्‍याउने

बरेङ र काठेखोलाले आफ्ना नागरिकरहेकै ठाउँमा राहत पुर्‍याउने

बसेको ठाउँबाट नहिँड्न आग्रह


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०७७, आइतबार

बागलुङ, १४ बैशाख– लकडाउनको समयमा गाउँ बाहिर रहेकालाई खाद्यान्न अभाव भएको गुनासो आउन थालेपछि जिल्लाको बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाले आफ्ना नागरिक रहेकै ठाउँमा खाद्यान्न पु¥याउने भएका छन् । लकडाउनको प्रभावकारी कार्यान्वयन र आफ्ना नागरिकको सुरक्षाका लागि गाउँपालिकाले समस्या रहेकै ठाउँमा खाद्यान्न उपलव्ध गराउने नीति बनाएका हुन् ।
गाउँपालिकाबाट पढाई र रोजगारीको शिलशिलामा देशका बिभिन्न ठाउँमा रहेका नागरिकलाई गाउँपालिकाले अहिले रहेकै ठाउँमा रहन र समस्या परे गाउँपालिकालाई खबर गर्न भनेका छन् । ‘देशभित्रै भएकाहरु समस्या भयोभनेर नहिँड्नु भनेका छौं, उहाँहरु जहाँ हुनुहुन्छ त्यहिँ समस्या समाधान हामी गर्छौं’ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने ‘सम्बन्धित तहसँग समन्वय गरेर समस्या रहेका ठाउँमा हाम्रो उपस्थिती देखाउँछौं ।’ काठेखोला गाउँपालिकाले पनि अहिले रहेकै ठाउँमा सुरक्षित हिसावले रहन र समस्या परे गाउँपालिकामा खवर गर्न सूचना गरेको छ । काठेखोलाले समस्यामा परेका नागरिकले अनलाईन मार्फत फाराम भरेर गाउँपालिकाले उपलव्ध गराउने राहत कार्यक्रममा देशका जुनसुकै ठाउँमा रहेर सहभागि हुन सकिने जनाएको छ ।
गाउँपालिकाहरुले समस्या परेका नागरिकहरुलाई अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मोवाईल नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् । ‘हामी हाम्रा नागरिकको समस्या समाधान गर्न सक्छौं, त्यसका लागि अनेक उपाय छन्’ बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने ‘एक महिनासम्म बाहिरै बसेका नागरिकलाई समस्या नभएपनि खानाको समस्या हुनसक्ने गाउँपालिकाको अनुमान छ । खानाका लागि समस्या भए राहत उपलव्ध गराईने थापाले बताए ।
काठेखोलाले बाहिरी जिल्लाबाट गाउँपालिका वा वडामा प्रबेश गर्ने नागरिकहरुलाई सम्बन्धित निकायमा जानकारी गराउन र क्वारेन्टाईनमा बस्न आग्रह गरेको अध्यक्ष अमर थापाले बताए । काठेखोलाले राहतमा वितरणमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ ।
विपन्न तथा मजदुरहरुलाई राहत वितरण गरिरहेको बरेङ गाउँपालिकाले खाद्य बैंक समेत स्थापना गरेको छ । गापाका पाँचै वडामा खाद्य बैंक स्थापना गरेर विपन्न तथा मजदुरलाई निशुल्क राहत सामग्री र अन्य नागरिकलाई खाद्यान्न खरिद गर्न सक्ने व्यवस्था मिलाईएको थापाले बताए । उनले भने ‘गाउँपालिकाले सक्नेलाई थोक मुल्यमा खाद्य बैंकमार्फत सामग्री उपलव्ध गराउँछ, नसक्नेलाई निशुल्क वितरण गर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->