सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पहिरोले पाइप बगायो, केही टोलमा पानी आपुर्ति रोकिने

पहिरोले पाइप बगायो, केही टोलमा पानी आपुर्ति रोकिने


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७७, सोमबार

बागलुङ, २२ बैशाख – भुदीबाट बागलुङ बजारमा ल्याईएको खानेपानीको पाईप पहिरोले बगाएको छ । आइतबार राती काठेखोलाको जिरेदीस्थित भुदी खोलामा निमार्णाधिन पक्कि पुलमाथिबाट आएको पहिराले पानीको मुख्य पाईप बगाएको हो । पाइप बगाएपछि बागलुङ बजारमा पानीको समस्या भएको छ । पहिरोले पाईप बगाउँदा बजारक्षेत्रमा पर्याप्त पानी उपलब्ध गराउन समस्या भएको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताए ।
पाईप मर्मतको लागि प्राविधिक सहितको टोली परिचालन गरि काम अगाडि बढाईए भएपनि मर्मत कार्य पुरा हुन एक÷दुई दिन लाग्ने शर्माले बताए । भुदी खोलाको मुहानबाट आएको पानी रोकिँदा बागलुङ बजारका केही क्षेत्रमा प्रभावित हुनेछन् । बजारमा रिठेखोला, रेशखोला र भुदीखोलाको मुहानबाट पानी ल्याईएको छ । अन्य स्थानको पानी बजारमा आएपनि भुदीको पानी आउन भने केही दिन लाग्ने छ । पहिरोले पाइप बगाएपछि अहिले मर्मत गर्ने काम चलिरहेको संस्थाका सचिव रामबहादुर केसीले बताए । बागलुङ बजारका उपल्लाचौर, श्रीनगरटोलमा केही दिन पानी आपुर्ति रोकिने संस्थाले जनाएको छ ।
तस्विरः दीपक शर्मा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->