सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दबाब र प्रभावमा काम गर्दिन : प्रहरी उपरीक्षक चौधरी

दबाब र प्रभावमा काम गर्दिन : प्रहरी उपरीक्षक चौधरी


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०७७, बुधबार

बागलुङ, २४ बैशाख– कोरोना संकटबीच जिल्लाका प्रहरी प्रमुखको बढुवा भएपछि काज सरुवा लिएर बागलुङ आएका प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीले जिल्लाको अवस्था हेरेर सुरक्षा रणनीति तय गर्ने बताएका छन् । बुधबार ढोरपाटनसंगको संक्षिप्त भेटघाटमा चौधरीले जिल्लाको शान्ति सुरक्षामा आफ्नो तर्फबाट भरपुर प्रयास रहने बताए ।
अनुसन्धानको क्रममा रहेका गम्भिर अपराधका घटनामा कसैको दबाब र प्रभावमा नपरी अनुसन्धान प्रक्रिया अघि बढाउने चौधरीले बताए । केही दिन पहिला आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ परेका प्रहरी जवानलाई समेत सवुद प्रमाण र कानुन बमोजिमको कारवाही हुनेमा विश्वस्त हुन उनले सबैलाई आग्रह गरेका छन् । ‘सरुवा भएको खबर नआउँदै रमाना बुझेर जिल्ला आएको छु, यहाँको अवस्थाबारे जानकारी लिन बाँकी नै छ’ प्रउ चौधरीले भने ‘देशको पुनसंरचनासँगै सबै संगठनको पनि समायोजन भएको छ । प्रहरीको पनि समायोजन हुन्छ र हामी नजिकैको सरकारसँग समन्वय गरेर काम गर्छौं ।’
जिल्ला प्रवेश गर्नुपूर्व केही बर्ष पहिला भएको रुपा गौतम हत्याकाण्ड र लागूऔषधको कारोवार हुने जिल्लाको रुपमा बागलुङलाई बुझेको भन्दै उनले दुवै अपराधमा संलग्नको खोजीमा आफ्नो भूमिका प्रभावकारी रहने बताए । संगठनको मर्यादा र कानुनको पालना गर्दै जिल्लामा अपराध नियन्त्रणमा निरन्तर लाग्ने उनको भनाई थियो । यसअघि जिल्ला प्रहरी प्रमुखको रुपमा काम गरिरहेका नवराज भट्ट प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा भएर गएपछि चौधरीलाई गृह मन्त्रालयले काजमा बागलुङ खटाएको हो । उनी यसअघि प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । उनी सोमवार बेलुका बागलुङ आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->