आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

अपो दिपो भब : बुद्वका विचार व्यवहारमा कहिले ?

अपो दिपो भब : बुद्वका विचार व्यवहारमा कहिले ?


  • सीताराम थापा
  • बैशाख २५ २०७७, बिहिबार

अपो दिपो भव : आफ्नो बत्ति आफैं बन । अरुलाई जलाउनु पहिले आफु जल्नुपर्छ भन्ने मान्यता बोकेको बुद्वको दर्शन बिचार महान् छ । तर जीवन व्यवहारमा लागू गर्ने देशका नेता एवंम अगुवा खासै कोही छैनन् । नेतृत्व मार्गदर्शक हुनुपर्छ । बुद्वले शान्ति, माया प्रेम र संस्कारलाई लोकतान्त्रिक मूल्य र जीवनसंग आत्मासाथ गरे । तर यसकाबारे पढ्ने र अनुयायी बन्ने खासै यसबेला नेपालमा कोहि देखिएन । बुद्व भगवान र मुर्ति मान्दैनथे । यसैले उनी प्राकृतिक भौतिकवादी भएको पनि अध्ययनमा पाईन्छ । यसैले बुद्वबारे खोजी आजको आवश्यकता हो । बुद्व विश्वमा एउटा धार्मिक प्रबर्तक पनि हुन भन्ने हामीलाई लाग्छ । बुद्धको जन्म इशा पुर्व ५६३ मा बैशाख पूर्णिमा दिन लुम्बिनी भन्ने ठाउँमा भएको थियो । त्यती बेला नेपालनै थियोथिएन तर अहिले नेपालको कपिलबस्तु भएको कुरामा कसैको दुईमत छैन ।
विश्वको इतिहासमा बुद्वबारे धेरै अध्ययन भएको छ । मानिसहरुले सामाजिक र राजनीतिक परिवर्तनको आन्दोलनलाई राज्यसत्ता प्राप्तिको आन्दोनलसम्म जोडेका छन् । बुद्धले ब्यक्ति अहंकार, सम्पत्ति र राजपाठ छोडेर सामाजिक परिवर्तनको आन्दोलन चलाएर सदियौंदेखि चल्दै आएको बर्ण ब्यवस्थामा आधारित सामाजिक संरचना र जातिपातीको व्यवस्थालाई ठूलो चूनौती दिएको पाईन्छ । बुद्वका धेरै दर्शन शान्तिप्रिय र सद्वभावपुर्ण छन् । उनले सादा जिवन उच्च विचार ग्रहण गरेर सबैलाई यो बाटोमा हिँड्न सिकाए । आज काटमार गरेर, अहिंसा गरेर सत्ता हत्याउने र आफ्ना स्वार्थसिद्द गर्ने विश्व जगतलाई बुद्वसंग तुलना गरेर हेर्न सकिन्छ । कोरनाको कहर र विश्वमा भएको अमानबिय व्यवहारलाई गंभिर ढंगले एकपटक सोच्न सकिन्छ । बुद्वले समयमा समाजमा असमानता तोडेर स्वतन्त्रताको प्रगतिशिल लोकतान्त्रिक योगदान दिएका थिए । यसबाट हाम्रा नेता नेतृत्वले सिक्न जरुरी छ । बुद्धले के प्रष्ट पारेका छन् भने सत्यको कसीमा घोटेपछि नै के हो र होइन भनेर ग्रहण गर्नु पर्दछ । तर यहाँ आफ्नो र स्वार्थलाई सत्य मान्ने प्रणाली संस्कारकै रुपमा विकास भयो । बुद्वलाई क्रान्तिकारीहरुको बिरोधाभास भनेको अहिंसा र युद्व नै हो । यो समयसापेक्ष कुरा हो भनेर विश्लेषण गर्नु पर्दछ ।
सही अर्थमा त्यो मानिस बिजेता हुन्छ जसले स्वयंमाथि बिजय प्राप्त गर्दछ । तर नेपाल भारत लगायत विभिन्न देशहरुमा कुटिल शासकहरुले बुद्धको अहिंसाबादी सन्देशलाई समय समयमा उपहास गर्ने प्रयास गरेका छन् । बुद्धलाई कर्मकाण्डको रुपमा चलाउने काम गरे तर उनका विचार लागू गरेनन् । बुद्धका शाश्वत कुरालाई बिकृत तुल्याए र जनताको शक्ति बन्न सक्ने बुद्ध बिचारलाई राजा महाराजा र शासक बर्गको सत्ता रक्षाको रुपमा दुरुपयोग गरे । जनतालाई बुद्ध बुझ्नै दिएनन् र अहिलेसम्म पनि दिएका छैनन् । बुद्धलाई सही अर्थमा बोध गर्नु आवश्यक छ । उतीबेला बुद्ध सभाहरु कसरी चल्दथे भन्ने बारेमा ‘डिस्कभरी अफ इण्डिया’ पुस्तकमा पण्डित नेहरुले लेखेका छन्– ‘धेरैलाई यो कुरा थाहा पाएर आश्चर्य लाग्ला कि आजको दुई हजार बर्षभन्दा पनि पहिला आजको संसदजस्तै नै बुद्ध सभा हुने गर्दथे । लोकसभाका सभामुखजस्तै बौद्ध सभाहरुमा पनि सभामुख हुने गर्दथे । बौद्ध सभाका सदस्यले सदनमा बिधेयक प्रस्तुत गर्दथे अनि त्यसमा छलफल हुन्थ्यो । त्यसलाई कानुनी रुप दिनभन्दा पहिला त्यसलाई तीन पटक पढ्ने गरिन्थ्यो र त्यसमाथि तीन पटकसम्म बहस गर्ने प्रचलन थियो । त्यसो गर्दा पनि बिधेयकमा कुनै बिबाद रहेमा गोप्य मतदानद्वारा त्यसको हल गरिन्थ्यो अनि मात्र त्यसले कानुनी रुप लिन्थ्यो ।’ यो राजनीतिज्ञहरुका लागि कम महत्वको कुरा होइन । यसैले बुद्धले आफुलाई कहिल्यै पनि कुनै भगवानको अवतारको रुपमा मानेनन् । यद्यपि अवतारबादीहरुले उनलाई बिष्णुको अवतार भनेर पुर्वाग्रही बनाईदिए । तर पनि उनीहरुले बिष्णुसरह बुद्धको पूजा आराधना भने गर्ने गर्दैनन् । बुद्वको सामाजिक रुपान्तरण र मानव जीवन परिवर्तन र सुख प्राप्तिबारे अझै पनि खोज अनुसन्धान भईरहेछ । हामी सचेत नागरिक पनि विश्वले मानेको बुद्वका असल कुरालाई अध्ययन गरौ र जीवनमा लागू गरौं । के हामी र हाम्रा अग्रजले बुद्वको विचार जीवनमा लगु गर्न सक्छौं ? अपो दिपो भब ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->