बागलुङ, २८ वैशाख– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई प्रेस ज्याकेटसहित अत्वाश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् । आइतबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सिईओ शेरचनले सहयोग सामग्री ५० थान प्रेस ज्योकट, १५ लिटर सेनीटाइजर र २ सय थान माक्स महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै सिईओ शेरचनले कोरोना भाइरसको महामहारीबीच जोखिम मोलेर समाचार संकलनमा जुटिरहेका सञ्चारकर्मीलाई सहज होस् भन्ने उदेश्यले उक्त सामग्री सहयोग गरेको बताए । ‘सारा विश्वको टाउको दुखाई बनिरहेको कोरोना महामारीसंग लड्न एक्लै संभव छैन’ शेरचनले भने– ‘यस्तो संकटमा सबै एकजुट हुनुपर्छ ।’ पुख्यौली घर बागलुङमा सहयोग गर्न पाउनु आफ्नो सौभाग्य भएको बताउँदै आगामी दिनमा पनि सञ्चारकर्मीका लागि आवश्यक सहयोग जुटाउन आफु प्रतिबद्व रहेको शेरचनले बताए ।
पत्रकार महासंघको भवनसमेत अवलोकन गरेका शेरचले भवनलाई आधुनिक बनाउने क्रममा चाहिने आवश्यक सहयोग गर्नसमेत आफु तयार रहेको वचन दिए । महामारीको यो घडीमा पत्रकार जगतले पोजेटिभ र मोटिभेटिभ समाचार प्रवाह गर्नुपर्नेमा शेरचनले आग्रह गरे । फरक प्रसंगमा चर्चा गर्दै शेरचनले ठूला राजमार्गसंग जोडिएको बागलुङले आर्थिक लाभ लिनको लागि समेत सम्बन्धित पक्षलाई सजग बनाउन आग्रह गरेका थिए । पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले दाताबाट उपलब्ध गराईएका सागम्रीहरुको सहयोग सदुपयोग गरिदिन सञ्चारकर्मीहरुलाई आग्रह गरेका थिए । महासंघका सचिव राम थापा ‘अविरल’ले संचालन गरेको कार्यक्रममा सहयोग सामग्री जुटाउन समन्वयकारी भूमिका खेलेका निर्माण व्यवसायी कुमार खड्का लगायतले बोलेका थिए ।





