सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

डिजाइन फेरेपछि खानेपानीको संरचना जोखिममा

डिजाइन फेरेपछि खानेपानीको संरचना जोखिममा


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७७, मंगलबार

बागलुङ, ३० बैशाख– बागलुङ नगर खानेपानी आयोजनाको डिपिआर बनाउँदा कमजोर भूगोलमा रिर्जभ ट्यांकी लगायतका संचरनाको नक्सांकनले आयोजनानै जोखिममा परेको छ ।
निर्माणाधिन रिर्जभ ट्यांकी लगायतका संरचना बर्षभरीमा ३ पटक भत्केपछि समयमा आयोजना सकिने संभावनापनि टरेको छ । समयमा काम नभएको र पटक पटक डिजाइन फेरेर काम गर्दा आयोजनाको ४० प्रतिशत काम पनि पुरा भएको छैन ।
४५ करोड लागतमा सदरमुकामबासीलाई लिफ्टीङ प्रविधिको पानी खुवाउनेगरी तीनबर्षदेखि काम थालिएको थियो । काठेखोलाको कैलमपोखरी भन्ने स्थानमा पा“चवटा स्पर बनाएर ५ लाख लीटरको रिर्जभ ट्यांकीबाट रात्माटा सम्म लिफ्ट गरेपछि बजारबासीलाई खुवाउने योजना थियो । मेसिनरी पर्खाल समेत पटक पटक भत्केपछि ५ लाख लीटरको ट्यांकी धानिने संभावना नभएको बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए । ‘कमजोर भूगोल र गलत स्टिमेट भएको रहेछ, अहिले बल्ल बुझिंदैछ’ उनले भने, ‘अब आयोजनाको डिजाइन फेरेर मात्र काम गर्न सकियला, नत्र खर्च मात्रै भयो ।’ यस अघि आरसिसी पर्खालको डिजाइन भएकोमा संस्थाले फेरेर मेसिनरी बनाउ“दा समेत पहिरो खसिरहेको टिप्पणी हुन थालेको छ ।
बागलुङ नगरपालिका ३ को कैलमपोखरीमा खनिएका ठूला खाडल र पटक पटकको पर्खाल भत्केपछि नजिकैका दर्जनबढी घरमा समेत खतरा बढेको छ । देउराली चोकका घरछेउको जमिन समेत बग्न सक्ने भन्दै स्थानीय त्रसिद भएका छन् । ‘पटक पटक भत्केपछि घरपनि बग्न सक्छन्’ संस्थाका उपाध्यक्ष निरज शाक्यले भने, ‘प्राविधिकबाट गलत डिजाइन बन्दा उपभोक्ताले समयमा खानेपानी पनि नपाउने भए ।’ आगामी जुलाई १४ गते सक्ने गरी जयमाता कन्काइ संयुक्त निर्माण कंपनीले आयोजनाको काम गरेको हो । तोकिएको समय सकिन लाग्दा काम भने ४० प्रतिशत पनि पुरा नभएको श्रेष्ठले बताए ।
डिजाइन फेर्ने र उचित ठाउ“ छनौट गर्न नसक्नु संस्थाको कमजोरी भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘डिपिआर बनाउ“दा आफ्नै धरातलमा बनाउनुपर्नेमा नक्कल गर्न खोज्दा पनि समस्या आउ“छ’ पौडेलले भने,‘नगरबासीलाई शुद्द खानेपानी खुवाउने काममा साझेदारी गरेपनि निर्माणको काम संस्थाको हो ।’ संघिय सरकारको बजेटमा नगरपालिकलो समेत डेढकरोड मिसाएर वडा नं. ६ भीरलाकुरीबासीलाई पनि पानी खुवाउने गरी काम भएको छ । रिठेखोलाबाट आएको पानी व्यवस्थापन गर्ने, काठेखोलाको आयोजना थप गर्ने र रेशबाट आइरहेको पानी समेत मिलएपछि प्रतिसेकेण्ड ७० लीटर पानी खुवाउने गरी संस्थाले तीन बर्ष अघिदेखि निर्माणको काम थालेको थियो । निर्माणको क्रममा कमजोरी भएको भन्दै संस्थाका कोषाध्यक्ष रामप्रसाद शर्माले भने ४ महिना अघिनै राजिनामा दिएका छन् । २०२२ सालमा १३ वटा धाराबाट बागलुङ नगरखानेपानी उपभोक्ता समिति गठन भएको थियो । उक्त समितिले अहिले ४ हजार धारा जडान गरिसकेको छ । हाल यो योजनामा ३ सय ५० धारा थपिने तयारी भएको हो । पाइपलाईनबाट ल्याउने आयोजना नभएपछि नगरमा लिफ्ट प्रविधि थालिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->