शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

संकटका सारथी प्रभू बैंकका सिईओ शेरचनलाई सम्मान

संकटका सारथी प्रभू बैंकका सिईओ शेरचनलाई सम्मान

सम्मानपछि सिईओ शेरचनले भने– ‘प्लान बनाएर अघि बढ्नुस् साथमा हामी छौं ।’


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७७, मंगलबार

बागलुङ, ३० वैशाख– कोरोना संकटमा सहयोग गरेको भन्दै बागलुङ नगरपालिकाले प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनलाई सम्मान गरेको छ । मंगलबार कार्यपालिकाको कार्यालयमा नगरले प्रभूका सिईओ शेरचनलाई दोसल्ला ओडाएर सम्मान गरेको हो ।
कोरोना संक्रमित देखा पर्दासमेत आवश्यक सुरक्षा सामग्रीको अभाव भैरहेका बेला शेरचनले धौलागिरी अंचल अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुलाई पिपिई, मास्क, सेनिटाईजर, थर्मल गन लगायतका सामग्री सहयोग गरेका थिए । संकटको समयमा शेरचनले गरेको सहयोग नगरको सच्चा साथीले गरेको भएको भन्दै उनलाई सम्मान गरिएको नगरप्रमुख जनकराज पौडेलले बताए । ‘हामी निकै अफ्ठेरो अवस्थामा थियौं, उहाँको सहयोगले धेरै सजिलो भयो’ पौडेलले भने ‘अहिले बरु सजिलो छ, सुरुवातमा मास्कसमेत हामीसँग थिएन् ।’
शेरचनले स्वास्थ्य सामग्रीका साथै राहत वितरणमा समेत सायोग गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै शेरचनले कोरोना संकट पछिको अवस्थासँग जुध्न स्थानीय सरकारलाई आग्रह गरेका छन् । ‘अहिलेको भन्दा भयावह अवस्था आर्थिक तथा सामाजिक रुपमा आउन सक्छ’ उनले भने ‘प्लान बनाएर अघि बढ्नुस् साथमा हामी छौं ।’ कार्यक्रममा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->