सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार, बच्चाको अवस्था सामान्य

सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार, बच्चाको अवस्था सामान्य


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७७, शुक्रबार

बागलुङ, २ जेठ – अत्याधिक रक्तश्रावका कारण जोखिममा परेकी सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । बागलुङ नगरपालिका–११ रायडाँडाकी २८ बर्षिया पबित्रा थापा शुक्रबार धौलागिरी अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएको थियो ।
सिम्रिक एयरको हेलिकप्टरमार्फत उनलाई काठमाण्डौको महाराजगंजस्थित शिक्षण अस्पताल पठाईएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थ गौतमले जानकारी दिए । शुक्रबार बिहान शल्यक्रिया गरिएपछि उनको निरन्तर रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुक हुँदै गएकाले थप उपचारको लागि काठमाण्डौ पठाईएको हो ।
उनी बिहिबार अस्पताल आएकी थिईन् । सुत्केरी महिलालाई अस्पताल पठाउन प्रदेश सरकारसँग समन्वय गर्दा समय लाग्ने भनेपछि निजी क्षेत्रको कम्पनीमार्फत हेलिकप्टर मगाएर काठमाडौं पठाईएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । शल्यक्रिया गरी निकालिएका बच्चाको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->