सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धौलागिरी अस्पतालको प्रादेशिक यात्रा

धौलागिरी अस्पतालको प्रादेशिक यात्रा

कोरोना संक्रमितको उपचारपछि अस्पतालप्रति विश्वास बढ्दो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०७७, शनिबार

बागलुङ, ३ जेठ– दशकअघि जिल्ला, त्यसपछि अञ्चल अस्पताल बनेर दशकसम्म रिफर सेन्टरको उपमा पाएको यो अस्पताल प्रादेशिक बन्ने यात्रामा छ । अस्पतालको बोर्ड कुन दिन फेरिन्छ वा प्रादेशिक अस्पतालको कामकाज कहिले सुरु हुन्छ त्यो एकातार्फ छ, तर देश कोरोनाको कहरबाट जर्जर बनिरहेको बेला धौलागिरी अस्पताल प्रादेशिक बन्नेमा निश्चितजस्तै बनेको छ ।
पछिल्लो तीन बर्षमा जुन प्रकारको बिकास र पहिचान बनाउने क्रम चलेको छ त्यसले प्रादेशिक अस्पताल बनाउने अवस्था सिर्जना भएको छ । अस्पताल व्यवस्थापन समितिको खटाइ, मौजुदा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको टिमवर्कले पनि प्रदेशिक अस्पतालको बाटो तय गरेको प्रष्ट देखिन्छ ।
डेढ बर्षदेखि अस्पतालमा भैरहेको तीब्र भौतिक बिकास, उपचारमा आएको सुधार र सेवाका क्षेत्र थपिने क्रमले अस्पतालप्रति धेरैको बिश्वास पलाएको छ । त्यतिमात्र हैन यो अबधिमा मुख्यमन्त्रीदेखि सामाजिक बिकास मन्त्री र भैतिक पूर्वाधार मन्त्रीको चरणबद्ध आबागमन, सहयोग र सल्लाह तथा सामाजिक संघ संस्थाले पनि थालेको साथ र सहयोगबाट प्रादेशिक यात्राको बाटो अझै सहज भएको अस्पताल बिकास समितिका अध्यक्ष केबी राना अनुमान गर्छन् ।
‘सबैले साथ दिए, केही मेहेनत हामीले पनि ग¥यौं र परिवर्तन संभव भयो’ रानाले भने, ‘संघिय सरकार र मन्त्रालयमा पुगेर दुईजना कोरोना संक्रमित बिरामी सञ्चो बनाएर घर फर्काएपछि धौलागिरी अञ्चल अस्पताललाई प्रादेशिक अस्पताल बनाउने तयारी सुरु भएको छ । अस्पतालमा भौतिक र प्राविधिक पूर्वाधार तथा दक्ष जनशक्ति थप्ने काम पनि थालिएको छ ।
समितिले देश बिदेशबाट सहयोगको आब्हान गर्दै भौतिक र प्राविधिक पूर्वाधार तथा उपकरण थप्ने काम थालेको हो । स्थानीय तह, प्रदेश सरकार र संघिय सरकारबाट सहयोगका आश्वासन बढेका छन् । बिदेशमा बस्ने नेपालीले पनि अस्पतालाई साधनश्रोत सम्पन्न बनाउन सहयोग गरिरहेका छन् । गण्डकी प्रदेश सरकारले पनि मंगलबार प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ ।
अस्पतालमा अहिले तीन बेडसहितको आइसियु स्थापना भैसकेको छ । स्वास्थ्य मन्त्रालयको १ करोड र गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको ५० लाख सहयोगमा आइसियु कक्ष निर्माण भएको हो । यहाँ ३ वटा भेन्टीलेटर, डायलाएसिस मेसिन जडान भैसकेको छ । त्यसबाहेक अस्पतालले सिसियु र सिटिस्क्यान पनि राख्ने तयारी गरेको छ । समितिले स्वास्थ्यमन्त्रीसहित बिशिष्ट व्यक्तिलाई भेटेर उपकरण र सामाग्री सहयोगका लागि प्रस्ताव पेशसमेत गरेको छ । आइसियुका लागि दक्ष स्वास्थ्यकर्मी पठाउन पनि समितिले मन्त्रालयमा माग गरेको हो ।
कोरोना संक्रमण भएको थाहा पाएपछि पोखरा र काठमाण्डौका अस्पतालले समेत नमान्दा धौलागिरी अस्पतालले आइसोलेसन वार्ड बनाएर उपचार थालेको थियो । ‘संक्रमित देखिनुअघिनै पूर्वतयारी गरेर हामीले उपचार संभव बनायौं’ समितिका अध्यक्ष केवी राना मगरले भने, ‘हामीलाई पूर्वाधारमा राज्यले किन सहयोग नगर्ने ?’ दिएको सहयोग र उपकरण पूर्ण रुपमा सदुपयोग गरेर सहयोगको औचित्य पनि पुष्टी गरिदिन्छौं ।’
आफ्नै आन्तरिक श्रोत र स्थानीयको सहयोगमा अस्पतालले जटिल शल्यक्रियासमेत गराउन थालेको उनले बताए । समिति, चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको सामुहिक कार्यले अस्पतालले छोटो समयमा रिजल्ट दिन थालेको भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि अस्पतालको अनुगमनमा आएर फर्केका छन् । उनले हालको कामबाट प्रभावित भएको भन्दै उपकरण जडान र दरबन्दी थपमा सहयोग गर्ने बचन दिएका छन् ।
अस्पतालमा अहिले दैनिक चारवटासम्म प्रसुती सेवाको अपरेशन हुने गरेको छ । अस्पतालमा हाडजोर्नी, जनरल फिजिसियन सेवा, नाककान घाँटी र बालरोग बिशेषज्ञसमेत छन् । उनीहरुले नियमित सेबा दिएकै कारण अस्पतालको स्वरुप फेरिएको छ । अस्पतालमा अहिले १० जना बिशेषज्ञसहित २३ डाक्टर कार्यरत छन् । ‘हरेक बिरामीको रिफर सेन्टरबाट हामी बिशेषज्ञ सेवामा आएका छौं’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेल भन्छन्, ‘केही पूर्वाधार थपेपछि हामीले जटिल समस्या पनि यहीं समाधान गर्न सक्छौं ।’
निर्माणाधिन भवन पुरा गर्ने र थप केही उपकरण जडान गरेपछि यसले प्रादेशिक अस्पतालको नाम पाउने राना मगरले बताए । ‘कम्तिमा १० करोड रुपैयाँ थपेर भवनका सबै कम सक्ने र उपकरण जोड्ने योजना पुरा गरिरहेका छौं’ रानाले भने, ‘अमेरिका र युरोपमा बसेका युवाले पनिउपकरण खरिदका लागि सहयोग गरेका छन् ।’
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पनि प्रादेशिक अस्पतालको रुपमा बिकास गर्न पहल गरेको रानाले बताए । अस्पतालमै रक्तसंचार केन्द्र र रगत स्टोरको क्षमता बढाउने उपकरण समेत भित्राउन पहल भैरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->