बागलुङ, ४ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ नगर कमिटीले आफ्ना सवै जनप्रतिनिधीलाई पारदर्शी हुन निर्देशन दिएको छ । सामाजिक दुरी कायम गर्दै शनिवार बसेको नगर पार्टी कमिटीको वैठकले नगरका जनप्रतिनिधीको सवै काम कारवाही पारदर्शी हुनुपर्ने निर्णय गरेको हो ।
बागलुङ नगरपालिकाको आगामी बजेट कृषि, शिक्षा, स्वास्थ्य र स्वरोजगारीलाई प्राथमिकतामा राखेर आउनुपर्नेमा जोड दिएको छ । नगर अध्यक्ष धनवहादुर परियारका अनुसार वैठकले कोरोना भाइरसले सिर्जित महामारीलाई रोक्न लक डाउनलाई कार्यान्वय गर्नुको विकल्प नरहेको निश्कर्ष निकालेको छ ।
त्यस्तै, बैठकले भारतले नेपाली भूमि कब्जा गरी सडक निर्माण गरेको कार्यको विरोध गर्दै नेपाली भूमि फिर्ता लिन आग्रह गरेको छ । उक्त बैठकमा पार्टीको तर्फबाट निर्वाचित वार्ड अध्यक्षहरु, नगरप्रमुख जनकराज पौडेल, नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सांसद ईन्द्रलाल सापकोटा, पार्टीका जिल्ला कार्यालय सदस्य कृष्ण पाठक, लाल थापा लगायतको सहभागीता थियो ।






