सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सहस्रधारा एम्बुलेन्स दुर्घटनाका चालकलाई क्वारेन्टान पठाइयो

सहस्रधारा एम्बुलेन्स दुर्घटनाका चालकलाई क्वारेन्टान पठाइयो

दुर्घटनामा चालक बा.न.पा.-१२ का ३२ वर्षीय चन्द्रबहादुर विक, सोही स्थानका किशोर शर्मा र बर्षिया खगेश्वरी शर्मा घाइते


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७७, सोमबार

बागलुङ, ५ जेठ – पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जना घाईते भएका छन् । पोखरादेखि बिरामी लिएर बागलुङ आउँदै गरेको ग २ च ६९०८ नम्बरको एम्बुलेन्स सोमबार साँझ सहश्रधारामा दुर्घटना हुँदा ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए ।
दुर्घटनामा घाईते हुने सबै बागुङका रहेका छन् । दुर्घटनामा चालक बागलुङ नगरपालिका वडा नम्बर १२ का ३२ वर्षीय चन्द्रबहादुर विक, सोही स्थानका २० किशोर शर्मा र ४१ बर्षिया खगेश्वरी शर्मा घाइते भएको प्रहरीले जनाएको छ ।
२० वर्षिया युवा किशोर शर्मालाई दाँतको उचपार गराई पोखराको मणिपाल हस्पिटलबाट लिएर आउने क्रममा एम्बुलेन्स दुर्घटना भएको हो । दुर्घटनामा ४१ वर्षीया खगेश्वरी शर्मा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाईते सबैलाई धौलागिरी अस्पताल बागलुङ ल्याईएको छ । उनीहरुको उपचार चलिरहेको अस्पतालले जनाएको छ ।
यता, दुर्घटनामा परेको एम्बुलेन्सका चालकलाई प्रहरीले समान्य उपचारपछि क्वारेन्टानमा पठाएको छ । धादिङमा कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलासँगै उपचार गराएकी अर्की महिलालाई उनी रहेकै अस्पतालमा उपचार गराएपछि बागलुङ लिएर फर्केका बिकलाई क्वारेन्टाईन पठाईएको रिजालले बताए ।
सुत्केरी भएकी महिला तथा सोही एम्बुलेन्समा आएका सुसारे तथा नवजात शिशुको प्रहरीले खोजी गरिरहेको छ । ‘कन्ट्रयाक ट्रेसिङमा परेकाले दुर्घटनापछि उपचार गरेर क्वारेन्टाईन पठाईयो’ रिजालले भने ‘अरु संलग्नको खोजी भैरहेको छ ।’ उनका अनुसार, दुर्घटना परेका सबैको धौलागिरी अस्पतालमा उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->