`

बाहिरी वडाबाट आउनेलाई ५ सय जरिवाना !


  • ढोरपाटन संवाददाता
  • मङ्लबार, जेष्ठ ६, २०७७

बागलुङ, ६ जेठ– जिल्लाको बरेङ गाउँपालिका–५ सुखौराले बाहिरबाट आउने र बोलाउनेलाई जरिवाना गर्ने भएको छ । देशमा कोरोनाको संक्रमण बढ्दै जान थालेपछि लकडाउनलाई पूर्ण पालना गराउन अन्य वडा तथा बाहिरी जिल्लाबाट आउने र बोलाउनेलाई पनि ५ सय जरिवाना गर्ने भएको हो ।
वडाका जनप्रतिनिधि, बिपत व्यवस्थापन समिति, आमा समुहका अध्यक्ष, महेन्द्र मावि सुखौराका सहायक प्रधानाध्यापक, स्वास्थ्यकर्मीहरुको संयुक्त बैठकले बाहिरी वडाबाट आउने र बोलाउनेलाई पनि ५/५ सय रुपैया जरिवाना गरि क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । वडा अध्यक्ष अमरबहादुर शेरपुर्जाको अध्यक्षतामा बसेको बैठकले आफ्नो वडामा प्रवेश गरेको सूचना दिनेलाई समेत ५ सय रुपैयाँ पुरस्कार दिने व्यवस्था गरेको छ ।
बाहिरबाट आउनेबारे निगरानी गर्न स्वयमसेवक परिचालनका लागि स्थानीय क्लवहरुलाई आग्रह गर्ने बैठकले निर्णय गरेको महेन्द्र मावि सुखौराका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद शर्माले जानकारी दिए । यसैबीच, वडा अध्यक्ष र महेन्द्र मावि सुखौराका सहायक प्रधानाध्यापक दुर्गाप्रसाद शर्माको टोलीले गाउँपालिकावाट प्राप्त स्थानिय पाठ्यक्रमका पुस्तकहरु घरघरमा पुगेर बितरण गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology