आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

बेलायतमा नेपाली समुदायमा कोरोनाको प्रभाव

बेलायतमा नेपाली समुदायमा कोरोनाको प्रभाव


  • कृष्ण प्रसाद शर्मा
  • जेष्ठ ६ २०७७, मंगलबार

कोरोनाको महामारीले बेलायतमा अहिलेसम्म ३४ हजारभन्दा बढीको मृत्यु भई सकेको छ । अस्पतालमा दैनिक रुपमा मर्नेको संख्या यो हप्ता घटेपनि केयर होममा भने मर्नेको संख्या बढ्दो छ । नेपाली समुदायबाट ठूलो मात्रामा भूपू गोर्खाहरू प्रभावित भए पनि यहाँ पढ्न आएका बिद्यार्थीदेखी नेपाली व्यवसायीहरूलाई समेत असर पारेको छ । लण्डनदेखी बाहिर हडरफिल्ड विश्वबिद्यालयमा मात्रै करीब १२० विद्यार्थी पढ्न आएका रहेछन् । यसबाहेक लण्डनभित्र पढ्ने अन्य नेपालीको आधिकारीक तथ्याङक कसैसँग छैन । विद्यार्थीहरूमा परेको समस्याका लागि लण्डनस्थित नेपाली दूताबासले विद्यार्थीहरूको तथ्याङक राख्ने र आवश्यक सहयोग गर्दै आईरहेको मर्जिङ नेपसोक्स संस्थालाई जिम्मा दिएको छ ।
महामारीबाट सबैभन्दा बढी मनावीय क्षति भएको समुदाय भने भूपू गोर्खा समुदाय नै हो । हालसम्म ५२ भन्दा बढी भूपू गोर्खाहरूको भएको देखिन्छ । खासगरी बेलायत सरकारले सन् २००६ मा भूपू गोर्खाका परिवारलाई बसोबासका अनुमति दिए भूपू गोर्खाहरूको संख्या हवात्तै बढेको हो । कोरोनाका कारण सर्वप्रथम ज्यान गुमाउने संखुवासभाका ६६ बर्षीय भपू गोर्खा लिला बहादुर राई हुन् । उनीपछि हरेक दिनजसो मर्नेको संख्या थपिँदै गयो । गत शनिबार ७७ बर्षीय भूपू गोर्खा कर्णबहादुर राई निधनसहित मर्ने नेपालीको संख्या ६३ पुगेको लण्डनस्थित नेपाली दूताबासका प्रवक्ता शरदराज आरणले जानकारी दिए ।
सैनिक पृष्ठभूमी नभएका नेपालीहरूको मर्ने संख्या करीब १३ पुगेको छ । भुपू गोर्खाहरूका अधिकांश परिवारहरू नेपाल भएका कारण अहिले मृत्यु भएपछि थप समस्या थपिएका छन् । श्रीमान् श्रीमती दुईमध्ये एकको कोरोनाका कारण मृत्यु हुँदा बाँचेका एकलाई अबको जीवन कठिन छ । अहिले मृत्यु भएका अधिकांश भूपू गोर्खाहरू सन् १९६० देखी १९६५ बीचमा भर्ति भएका र त्यो बेलाका अधिंकाश भूपू गोर्खालाई अंग्रेजी भाषाको बोल्न समस्या रहेको गोर्खा हकहिका लागि लागेका एक अभियन्ता ज्ञानराज राईको बुझाई छ । यहाँ रहेको नेपाली समुदायमा उमेरका हिसाबले पाकाहरू यो पटक महामारीले धेरैको मृत्यु भएको भएपनि सानो उमेर भएका पनि यस महामारीको सिकार बनेका छन् । बेलायतको ननिटनमा बस्दै आएकी ३२ बर्षीय सुश्री बीमा नाङछिरिङ राईको गत बैशाख ९ गते अल्पआयुमै निधन भयो ।
भाषाका कारण यहाँ उपलब्ध स्वास्थ सेवा लिन नपाईरहेका भन्ने भनाई समेत आईरहेको छ । यसकारण पनि हालै यहाँ रहेको नेपाली दूताबासले यहाँको परराष्ट्र, गृहमन्त्रालय, रक्षामन्त्रालय र गोर्खा वेलफेयर ट्रष्टमा पत्राचार गरी भूपू गोर्खाहरूको हालको क्षति र भाषाको समस्यालाई समेत उल्लेख गर्दै ध्यानाकर्षण गराएको थियो । प्रतिउत्तरमा बेलायत सरकारले यस कुरालाई समाधान गर्ने प्रयत्न स्वरुप आफ्ना सम्बन्धित निकायहरूलाई परिचालन गरेको र सहयोगका लागि ति ठाउँहरूमा सम्पर्क गर्न समेत भनिएको छ ।
बेलायतमा मृत्यु हुने नेपाली मात्र होईन कोरोनालाई जितेर फर्कनेहरू पनि थुप्रै छन् । कोरोना संक्रमित भई अस्पताल भर्ना हुने पहिलो नेपाली लण्डन बस्ने भगवती रानाभाट हुन् । लण्डनको नर्ववीक पार्क अस्पतालमा करीब एक साताको बसाई पछि घर फर्केर अहिले पुर्ण रुपमा स्वास्थ भई सकेकी रानाभाटाले आफ्ना अनुभव सुनाएपछि धेरैलाई प्रेरणा मिलेको छ । महामारीको शुरुवातमा धेरै जसो नेपालीहरुले आँफु संक्रमित भए पनि समाजमा भन्न चाहँदैनथे तर पछिल्ला दिनहरूमा थुप्रैले आफ्ना अनुभव सुनाउन थालेपछि अरू धेरैका कथा प्रेरणाका श्रोत बनेका छन् । डाक्टरका रुपमा लण्डनको रोयल फ्री अस्पतालमा कार्यरत डा. प्रशान्त सिहं, लण्डनकै एक सरकारी विद्यालय पढाउने माधव पराजुली, बकिङगम स्यारमा अस्पतालमा कार्यरत नर्स अजिता सिम्खडा, डाडफोर्डमा बस्ने बिनोद पौडेल लगायतले सार्वजनिक रुपमा आफ्ना अनुभव सुनाएका थिए ।
कोरोनाले सिकिस्त भएर २३ दिनसम्म सघन उपचार कक्षमा बसेर घर फर्की हाल घरमै स्वास्थ लाभ गरिरहेकी नर्सका रुपमा कार्यरत उमा प्रधान आँफुलाई सघन उपचार कक्षबाट सामान्य वार्डमा सार्ने बेला साउथ ईष्ट ससेक्सको कन्क्वस्ट अस्पतालका आफ्ना सयभन्दा बढी सहकर्मीले ताली ठोकेर भव्य स्वागत गरी आत्मबल बढाएको सुनाउँछिन् । जुन भिडियो संजालमा धेरैले रूचाएका पनि थिए । कोरोना संक्रमण भई घरमै आईसोलेशनमा बसेका नेपालीहरुको संख्या करीब ५० भन्दा बढी छ । अहिले कतिपय पुर्णरुपमा ठीक भएर काममा पनि फर्किसकेका छन्भने कतिपय अझै घरमै स्वास्थ लाभ गरिरहेका छन् ।
कोरोनाका कारण यहाँका नेपाली व्यवसायीहरु समेत मर्कामा परेका छन् । अधिकांश नेपालीहरूको व्यवसाय भनेको रेष्टुरेण्ट व्यवसाय नै हो । राज्यले यो लकडाउनको समय अवधीसम्म कर्मचारीहरूलाई असी प्रतिशत तलब सरकारले व्यहोर्ने भनेको छ तर व्यवसायीलाई भने उल्लेखनीय सहयोग सरकारले गरेको छैन । लामो समयदेखी बेलायतको फानबोरोमा रेष्टुरेन्ट व्यापार गर्दै आइरहेका व्यवसायी एवं समाजसेवी सूर्य गुरुले सरकारले कर्मचारीहरूलाई केही सहयोग गरे पनि आँफुहरू जस्ता व्यापारीलाई खासै केही नगरेको बताउँछन् । यस्तै लामो समयदेखी ट्रावल चलाउँदै आएका र हालै चाईनिज ओईएण्टेल सुपुरमार्केट खोलेका कमल कोनु गुरुङले यो महामारीले व्यापार राम्रो नभएको र सामानको अभावसमेत रहेको बताउँछन् । यस्तै मनि ट्रान्सपोटदेखी ट्रावल एजेन्सीका व्यवसायीहरूलाई समेत असर गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->