शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

विद्यालय तोडफोड र मृग मारेको आरोपमा पक्राउ परेका जिम्मा जमानीमा छुटे

विद्यालय तोडफोड र मृग मारेको आरोपमा पक्राउ परेका जिम्मा जमानीमा छुटे

जेठ ५ गते ताराखोला र गलकोटबाट उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०७७, बिहिबार

बागलुङ, ८ जेठ– विद्यालय तोडफोड र मृग मारेको आरोपमा पक्राउ परेका चारलाई प्रहरीले जिम्मा जमानीमा छोडेको छ । चारै जना जेठ ५ गते सोमबार पक्राउ परेका थिए ।
प्रहरीले ताराखोखालाको कांक्राखोर आधारभूत विद्यालय तोडफोडमा संलग्न ताराखोला गाउँपालिका वडा नं. ३ का पुर्वशिक्षक रेशम खत्री र सोही ठाउँका तिलक कार्कीलाई सामान्य सोधपुछपछि आफन्तको जिम्मा जमानीमा छोडिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए ।
यसैगरी, डिभिजन वन कार्यालयलाई जिम्मा लगाईएका मृग मारेको आरोपमा पक्राउ परेका गलकोट नगरपालिका वडा नं. ४ का बेलराम सुवेदी र ओम बहादुर खड्कालाई पनि जनप्रतिनिधिको जिम्मा जमानीमा छोडिएको छ ।
यद्यपी उनीहरुमाथि लागेको अभियोगबारे अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख रोमराज लामिछानेले जानकारी दिए । सुवेदी र कार्की मृगको मासु खाँदै गरेको अवस्थामा पक्राउ परेका थिए ।
कोरोना संक्रमणको त्रासले लकडाउनको समयमा गम्भिर प्रकृतिका घटनामा संलग्न भएका बाहेक सामान्य मुद्धामा नियन्त्रणमा लिएर धेरै समय नराख्न सर्वाेच्चको निर्देशन अनुसार आवश्यक सोधपुछ पछि चारै जनालाई जिम्मा जमानीमा छोडिएको प्रहरी निरीक्षक रिजालले जानकारी दिए । ‘अनुसन्धानपछि दोषी ठहरिए लकडाउनपछि पनि नियन्त्रणमा लिएर कारवाही गर्न सकिन्छ’ प्रनि रिजालले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->