सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

फुड बैङ्कमा रोट्रयाक्ट क्लवको सहयोग

फुड बैङ्कमा रोट्रयाक्ट क्लवको सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०७७, बिहिबार

बागलुङ, ८ जेठ– रोट्रयाक्ट क्लव अफ बागलुङले नगरपालिकाको खाद्य बैंकमा सहयोग गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले लकडाउनका कारण काम नपाएर वेरोजगार भएका मजदुरलाई सहयोग पु¥याउने उद्देश्यले खाद्य बैंकमा सहयोग गरेको हो ।
क्लबले ३० हजार बढीको २५ किलोका चामल १५ बोरा, ५० किलो नुन, २० किलो दाल र २० केजी तेल बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत डण्डपाणी शर्मा र बरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदीलाई हस्तान्तरण गरेको क्लबका अध्यक्ष सुमित शाहीले जानकारी दिइन् । सामग्री ग्रहण गर्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शर्मा र बरिष्ठ योजना तथा प्रशासकिय अधिकृत सुवेदीले मानवीय क्षेत्रमा क्लबले गर्दै आएको कामप्रति प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->