`

काँठेखोलाले बाँड्यो १६ सय विद्यार्थीलाई घरमै अध्ययन सामग्री

  • भीमसेन माविमा निर्माण गरिएको पालिकास्तरीय क्वारेन्टाइनलाई ५० बेडमा विस्तार गर्ने निर्णय

    • ढोरपाटन संवाददाता
    • शनिबार, जेष्ठ १०, २०७७

    बागलुङ, १० जेठ – लकडाउनको समयमा पनि विद्यार्थीलाई रचनात्मक र सिर्जनात्मक बनाउन काँठेखोला गाउँपालिकाले शैक्षिक अध्ययन सामग्री वितरण गरेको छ । लकडाउनको कारण लामोसमयदेखि शैक्षिक संस्था बन्द भएपछि विद्यार्थीहरुलाई क्रियाशिल बनाइराख्न गाउपालिकाभित्रका कक्षा ३ सम्मका सवै विद्यार्थीलाई अध्ययन सामग्री प्रदान गरिएको अध्यक्ष अमर थापाले वताए । बालविकास केन्द्रदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई घरमा बसेर अध्ययन गर्न मिल्ने पुस्तक सामग्री वितरण गरिएको हो ।
    कोरोना भाइरस त्रासका कारण हाल बन्द भएका ५६ सामुदायिक विधालय र ४२ वटा बाल विकास केन्द्रमा रहेका ३ कक्षा सम्मका सवै विद्यार्थीलाई पुग्ने गरी अध्ययन सेट वितरण गरिएको छ । पालिकाभित्रका सवै बालबालिकाहरुलाई घरमै बसि अध्ययन गर्नका लागि १ हजार ६ सय ११ सेट अध्ययन सामाग्री बितरण गरिएको अध्यक्ष थापाले वताए । अध्ययन सामग्रीको सही प्रयोगका लागि सचेततापूर्वक लाग्न अभिभावकहरुलाई पालिकाले अनुरोध समेत गरेको छ । कक्षा ३ सम्म पालिकाभित्र १ हजार ६ सय ११ विद्यार्थी अध्ययनरत छन् ।
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रकाशन गरेको अभिभावकहरुको सहयोगमा बालबालिकाको लागि घरमा नै गराउन सकिने सिकाई क्रियाकलाप सम्बन्धी पुस्तक वितरण गरिएको हो । अध्यक्ष थापाले अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुलाई उक्त पुस्तक बमोजिम नै अध्यापन गराउन भनेका छन् ।
    यसैविच, काँठेखोला गाउपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सहज बनाउन भीमसेन माविमा निर्माण गरिएको क्वारेन्टाइनलाई ५० बेडमा विस्तार गर्ने निर्णय गरेको छ । पालिकाको बैठकले पालिकास्तरीय क्वारेन्टाइनलाई ५० बेडमा विस्तार गर्ने र सवै वडामा कम्तीमा १० बेडको क्वारेन्टाइन बनाउने निर्णय भएको अध्यक्ष थापाले वताए । वैदेशिक रोजगारीमा गएका पालिकाका नागरिकहरु फिर्ता हुन थालेपछि क्वारेन्टाइनलाई विस्तार गर्न थालिएको हो । अहिले रोजगारीका लागि विशेष गरी भारतमा गएकाहरु धमाधम फिर्ता हुन थालेका छन् ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology