`

बिभिन्न नाकाबाट १६३ जना बागलुङका लागि हिँडे


  • ढोरपाटन संवाददाता
  • शनिबार, जेष्ठ १०, २०७७

सांकेतिक तस्विर

बागलुङ, १० जेठ– भारतबाट बिभिन्न सिमानाकाहुँदै नेपाल प्रबेश गरेका १ सय ६३ जना बागलुङका लागि हिँडेका छन् । पूर्वको झापा र पश्चिमको भैरहवा लगायतका सिमानाकाबाट नेपाल प्रवेश गरेर अलपत्र रेहका उनीहरुलार्ई उद्धार गरेर बागलुङ ल्याउन लागिएको हो ।
सुनौली नाकाबाट नेपाल प्रबेश गरेका ४२ जना लु १ ख ५८३१ नम्बरको बस चलेर बागलुङका लागि हिँडेका छन् । सोही नाकाबाट हिँडेको ४७ जनाको टोली लु १ ख ६११४ नम्बरको यात्रुबहाक बसमा बागलुङका लागि छुटेको प्रहरीले जनाएको छ ।
धनगढीको नाकाबाट ३४ जना ना ६ ख ४२३ नम्बरको बसमा हिँडेका छन्भने झापाबाट मे १ ख २६८९ नम्बरको बसमा १२ जना हिँडेका छन् ।
झापाबाट नेपाल प्रवेश गरेकामध्ये निसीखोला गाउँपालिकाका ४, ढोरपाटन नगरपालिकाका २, बडिगाड गाउँपालिकाका २, जैमिनी नगरपालिकाका १, गलकोट नगरपालिकाका १ र तमानखोला गाउँपालिकाका २ जना रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए ।
यसैगरी, महेन्द्रनगरबाट ना ७ ख ५९१३ नम्बरको बसमा ४ जना हिँडेका छन् । भैरहवाको बेलैया नाकाबाट नेपाल प्रबेश गरेका २४ जना सबै बागलुङको गलकोट नगरपालिकाका रहेकाले नगरपालिकाले आफ्नै व्यवस्थापनमा लु १ ख ४३१० नम्बरको बसमा उनीहरुको उद्धार गरेको छ ।
शनिबार सँझसम्म नेपाल–भारत नाकाबाट हिँडेका उनीहरु आईतबारसम्म जिल्ला प्रबेश गरिसक्ने रिजालले बताए । प्रहरीले सम्बन्धित स्थानीय तह र त्यहाँ रहेको सुरक्षा निकायलाई खबर गरेको जनाएको छ । यस्तै, शुक्रबार पोखरामा आएर अलपत्र परेकाहरु समेत शनिबार सिमानाकाहुँदै आउने बस चढेर बागलुङका लागि हिँडेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology