सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कालिका मन्दिर परिसारमा सत्तलको काम चल्दै

कालिका मन्दिर परिसारमा सत्तलको काम चल्दै

गुठीले १ कारोड ६२ लाख रुपैयाँ खर्चेर सभाहलसहितको सत्तल निर्माणको काम थालेको थियो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०७७, आइतबार

बागलुङ, ११ जेठ– लकडाउनमा सामाजिक दुरी कायम गर्दै बागलुङ कालिका मन्दिर परिसरमा पूर्वाधार निर्माणको कामले निरन्तरता पाएको छ । कालिका गुठी व्यवस्थापन समितिले निर्माण गर्न थालेको बहुउद्देश्यीय सत्तल निर्माणको कामले निरन्तरता पाएको हो ।
निर्माणको जिम्मा लिएको तिलक निर्माण सेवाले समयमै काम सक्नेगरी कामलाई निरन्तरता दिएको जनाएको छ । गुठीले १ कारोड ६२ लाख रुपैयाँ खर्चेर सभाहलसहितको सत्तल निर्माणको काम थालेको थियो ।
२०७८ साल जेठ मसान्तसम्म निर्माणको काम सक्नेगरि जिम्मेबारी लिएको कम्पनीले लकडाउनको समयमा पनि कामलाई निरन्तरता दिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए ।
मन्दिरमा हुने पुजाआजा तथा बिबाह व्रतबन्धजस्ता धार्मिक कार्यहरुको लागि १ सय जना क्षमताको सभाहलसहितको दुई तल्ले सत्तल निर्माणको चरणमा छ ।
पहिलो तल्लामा सभाहल र दोस्रो तल्लामा तीन कोठासहितको भवन बन्ने निर्माण कम्पनीका प्रमुख भुपेन्द्र खड्काले बताए । ‘काठको काम नसकिने सम्भावना छ तर अरु पूर्वाधारको काम समयमै सक्छौं’ खड्काले भने ‘कलात्मक झ्यालढोका भक्तपुरमा बनाउनुपर्ने भएकाले लकडाउनको असर त्यहाँ देखिन सक्छ ।’
मन्दिरको परिसर व्यवस्थापनमा बहुबर्षे योजना निर्माण गरेर काम थालेको गुठीले पहिलो चरणमा सत्तल निर्माणको काम थालेको हो । आन्तरिक स्रोतको परिचालन गरेर सत्तल निर्माण हुँदैछ । ‘यो भवन बनेपछि घामपानीको डर भक्तजनलाई हुँदैन’ गुठीका अध्यक्ष खड्काले भने ‘मन्दिरमा हुने भीड कम गर्न पनि सहयोग पुग्न सक्छ ।’
बर्षाको समयमा जंगलको बिचमा रहेको मन्दिरमा भक्तालुहरुले दुःख पाउने गरेका थिए । नजिकैमा ओत लाग्ने ठाउँ नभएका कारण यहाँ हुने धार्मिक कार्यक्रममा बर्षा तथा हावाहुरी बाधक बन्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->