सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

भारतबाट आएका ३ सय ११ जना क्वारेन्टाईनमा

भारतबाट आएका ३ सय ११ जना क्वारेन्टाईनमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०७७, आइतबार

बागलुङ, ११ जेठ– पछिल्ला केही दिन यता नेपाल–भारत सिमा नाकामा अलपत्र नेपालीहरुको उद्धार गर्ने काम भइरहेको छ । विभिन्न सिमा नाकाबाट नेपाल भित्रिएका ३ सय ११ जना उद्वारपछि बागलुङ आएका छन् ।

उनीहरु सबैलाई यहाँका स्थानीय तहले क्वारेन्टाईनमा राखेका छन् । पर्वत जिल्लासँग सिमा जोडिएको मालढुंगा र गुल्मीसँग सिमा जोडिएको खर्वाङबाट सार्वजनिक सवारीको प्रयोग गरी बागलुङ भित्रिनेको संख्या धेरै रहेको प्रहरीले जनाएको छ ।

छिमेकी जिल्लाहुँदै बागलुङ आईपुगेकालाई स्थानीय तहसँगको सहकार्यमा प्रहरीले उद्धार गरेर सम्बन्धित स्थानीय तहमा पठाउँदै आएको छ । बागलुङमा सबैभन्दा धेरै बडिगाड गाउँपालिकाले भारतबाट आउने नागरिकहरुको उद्धार गरेको छ । वडिगाडका बिभिन्न क्वारेन्टाईनमा ९५ जना रहेको प्रहरीको तथ्यांक छ ।

यता, बागलुङ नगरपालिकाको क्वारेन्टाईनमा २३, जैमिनी नगरपालिकामा १०, गलकोट नगरपालिकामा ३५, ढोरपाटन नगरपालिकामा ३९, काठेखोला गाउँपालिकाको क्वारेन्टाईनमा ९, तमानखोला गाउँपालिकामा १२, निसीखोला गाउँपालिकामा ७७ र ताराखोला गाउँपालिकामा ११ जना राखिएको प्रहरी निरीक्षक दिपक रिजालले बताए ।

बरेङ गाउँपालिकामा भने कोही पनि भित्रिएको रेकर्ड प्रहरीसँग छैन् । ‘चुनावका बेलाभन्दा बढि भैसक्यो’ रिजालले भने ‘व्यवस्थापन गर्न निकै कठिन छ, पालिकाहरुको द्रुत जवाफ नआउँदा समस्या छ ।’ उनका अनुसार, आईतबार पनि सिमा नाकाहरुबाट बागलुङेहरु हिँडेको खवर प्रहरीलाई आएको छ । मालढुंगामा आएपछि प्रहरीले सम्बन्धित पालिकासँग समन्वय गरेर पठाउने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->