सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गलकोटमा आगलागीले घर जल्यो २० लाखको क्षति

गलकोटमा आगलागीले घर जल्यो २० लाखको क्षति


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०७७, आइतबार

बागलुङ, ११ जेठ– जिल्लाको गलकोट नगरपालिका वडा नं ७ मल्मको सिरबारेमा आइतबार दिउँसो आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागी हुँदा स्थानीय जुक्त बहादुर खड्काको घर जलेर पूर्णरुपमा नष्ट भएको हो । आगलागीबाट घरमा रहेको अन्नपातसँगै अन्य सामग्री जलेर नष्ट हुँदा झण्डै २० लाख बराबरको क्षति भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष टीका बहादुर थापाले जानकारी दिए । आईतवार दिउँसो ४ बजेको समयमा घरमा एक्कासी आगलागी भएको स्थानीय प्रतक्ष दर्शिले बताए । स्थानीयले झण्डै दुई घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । घटनाको बिषयमा जानकारी पाएसँगै घटनास्थल पुगेको प्रहरीले मुचुल्का गरेर अनुसन्धान सुरु गरेको छ । उक्त आगलागीबाट आडैमा रहेको खड्काका भाई टेकबहादुर खड्काको घरको एकापट्टीको भाग जलेर क्षति पुगेको छ । खड्का परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । खड्काको परिवारमा ६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->