शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पश्चिम बागलुङ : सिल कि लकडाउनमा कडाई !

पश्चिम बागलुङ : सिल कि लकडाउनमा कडाई !

प्रजिअ गौलोचन सैजु भन्छन, ‘जिल्लाका कुनै पनि पालिकामा सिल गर्नुपर्ने अवस्था छैन ।’


  • तारानाथ आचार्य
  • जेष्ठ १२ २०७७, सोमबार

बागलुङ, १२ जेठ – गत चैत १५ गते जिल्लामै पहिलो कोरोना भाइरस संक्रमति देखा परेपछि बागलुङमा लकडाउन कार्यान्वयनमा सर्वसाधारण आँफै सहभागी भए । गाउँका छिटफुट कामबाहेक कोही पनि बाहिर निस्केनन् । अत्यावश्यक बाहेकका सवारी साधन पनि चलेनन् । अन्तर जिल्ला प्रवेश गर्नेको संख्या पनि नगन्य नै थियो ।
चैतमा बेल्जियमबाट कतारहुँदै नेपाल आएका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भयो । पहिलो पुष्टि भएको २७ दिनपछि उनीहरु निको भएर घर फर्के । अनि के चाहियो, सुरु भयो बहानाबाजी र लकडाउनको उल्लंघन । निर्वाध सवारी गुडन थाले । सडकमा सर्वसाधारणको चाप बढ्यो र ओहोरदोहोरको क्रम पनि चल्यो । वैशाख लागेपछि उद्धारको नाममा काठमाण्डौ, पोखरा, चितवनजस्ता ठाउँबाट सांसदहरुले नै मानिसहरु जिल्ला पठाए ।
अहिले दु्रत गतिमा देशभर संक्रमितको संख्या बढ्दै गएको छ । धेरै संक्रमित देखिएका देशका विभिन्न जिल्ला, स्थानीय तह तथा अस्पतालहरुमा सिल गरिएको छ । बागलुङमा पनि कोरोना संक्रमित रहेको पुष्टि हुँदा समेत नगरिएको सिलबारे पछिल्लो दुईसाता यता व्यापक रुपमा चर्चा चलेको छ । कोरोना संक्रमित भेटिएको बागलुङ नगरपालिकाका दुई वडासमेत शिल नभएको परिवेशमा कतिपय स्थानीय तहले शंकास्पद बिरामी भित्रिने त्रासमा आफ्नो क्षेत्र सिल गरेको हल्ला चलाएका छन् ।
दुई साताअघि पर्सामा कोरोना संक्रमण पुष्टि भएका चौध जना बागलुङको गलकोटबाट गएको पुष्टी भएपछि गलकोट नगरपालिका सिल गरेको हल्ला चलाईयो । तर, त्यहाँ छिमेकी पालिकासँगको सिमा नाकामा केही कडाई गर्ने काम मात्रै भयो । ‘एक हिसाबले सिलनै हो तर नाकामा कडाई गर्न लागेका मात्रै हौं’ दुईसाता पहिला ढोरपाटनसँगको टेलिफोन सम्वादमा नगरप्रमुख भरत गैरेले भनेका थिए, ‘हामी सुरक्षित बनाउने प्रयासमा लागेका हौं ।’ तर, सिल गरेको भनिएको गलकोटमा नै अहिले भारतबाट मात्रै ३५ जना आएका छन् ।
त्यसको केही दिनमा जिल्लाको बरेङ गाउँपालिकाको वडा नं. ५ सुखौरा सिल गरेको हल्ला चलाईयो । त्यहाँ पनि आउजाउ रोकिएन । गुल्मीमा कोरोना संक्रमित फेला परेपछि सिल गरिएको भनिएको सुखौरामा पास बोकेका गाडी चलेका छन् । अत्यावश्यक काम देखाएर ओहोरदोहोर गर्ने रोकिएका छैनन् । सुखौरा गुल्मीसंग जोडिएको छ ।
अहिले फेरि जिल्लाको पश्चिमका चार स्थानीय तह सिल गरिएका खबरहरु डिजिटल मिडियामा छाएका छन् । तर, सिल गरिएकै पालिकाहरुमा शनिबार भारतबाट मात्रै झण्डै दुई सय नागरिक प्रबेश गरेका छन् । अन्तर जिल्लाको आउजाउ रोकिएको छैन ।
‘जिल्लाभर कहीकतै सिल भएको छैन, कडाई गरेको मात्रै हो’ जिल्ला कमाण्ड पोष्टको नेतृत्व सम्हालेका प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले भने, ‘सिल गरेको भए घर बाहिर निस्कन बन्देज हुन्छ ।’ सैजुका अनुसार, सिल भएको अवस्थामा जनजीवन निकै कष्टकर हुन्छ । एम्बुलेन्सबाहेक कुनै सवारी साधन चल्न पाउँदैनन् । तर, सिल गरिएका भनेका स्थानीय तहका मुकामसम्म गाउँबाट आउजाउ गर्ने सवारी निर्वाध गुडीरहेका छन् ।
‘सिल गर्नुपर्ने अवस्था आए स्थानीय तहले कमाण्ड पोष्टसँग समन्वय गर्ने हो, तब मात्र कमाण्ड पोष्टले सिल भएको निर्णय गर्छ’ प्रजिअ शैंजु भन्छन्, ‘केही समय पहिले गलकोटलाई सिल गर्ने कि भन्ने कुरा आएको हो तर निर्णय भएको होइन ।’ जिल्लामा सिल गर्नुपर्ने अवस्था नरहेको र लकडाउनको कार्यान्वयन कडाई गरिएको शैंजुले दाबी गरे । स्थानीय तहले फैलाईरहेको सिलको हल्लाका कारण सर्वसाधारणमा भने त्रास बढेको छ । यस्ता हल्लाका पछाडि नलाग्नु नै राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->