सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लकडाउनको सदुपयोगः कुलो र पैदल मार्गमा श्रमदान

लकडाउनको सदुपयोगः कुलो र पैदल मार्गमा श्रमदान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०७७, सोमबार

बागलुङ, १२ जेठ– लकडाउनको समय उपयोग गर्दै यहाँका किसान सिंचाई कुलो मर्मतमा लागेका छन् । बागलुङ नगरपालिका–३ मुलपानीका किसानले बोक्सेको गैरादेखी पावरहाउस सम्मको कुलो मर्मत गर्न थालेका हुन् ।
हरेक बर्ष यहाँका किसानले रोपाईको समय सुरु हुनु पूर्व मर्मत गर्दै आएको सिंचाईं कुलो यो बर्ष लकडाउनको उपयोग गर्दै केही समयअगावै पहिलेनै मर्मत थालेका हुन् । स्थानीय ३५ जना किसानले श्रमदानमा कुलो मर्मत गरेको किसान बद्रीप्रसाद शर्माले बताए ।
उनीहरुले शनिबारदेखि कुलो मर्मतको काम थालेका हुन् । यो कुलोबाट बोक्सेको गैरादेखि गौंडाकोट सम्मको सयौं रोपनी जमिनमा सिंचाई हुने गरेको छ । हिउँदको समयमा प्लाष्टिक पाईपको प्रयोग गर्ने किसानले धानखेतीको लागि भने परम्परागत कुलोकै भर पर्ने गरेका छन् । स्थानीयबासीले बर्षको दुईपटक कुलो सफाई तथा मर्मत गर्ने गरेका छन् । कुलोमा जम्मा हुने फोहोरले सिचाईमा असुबिधा हुने भएपछि मर्मतका लागि कुलो प्रभावित कृषकहरु जुटेको शर्माले जानकारी दिए । प्रभावित क्षेत्रको खेतमा करिब ५ सय मुरी धान फल्ने उनले बताए । पहिले पावरहाउस संचालन हुँदा बिद्युत कार्यालयमार्फत मर्मत हुने गरेपनि केही बर्षअघिदेखी पावरहावस बन्द भएपछि स्थानियको सक्रियतामा कुलो मर्मत हुँदै आएको शर्माको भनाई छ ।
यसैबीच, बागलुङ नगरपालिका–१० भकुण्डेका स्थानीयले लकडाउनको सदुपयोग गर्दै गोरेटो बाटो निर्माण गरेका छन् । पुर्व सांसद नर बहादुर थापाको नेतृत्वमा १९ जनाको समुहले श्रमदानमार्फत गोरेटो बाटो मर्मत गरेका हुन् । भकुण्डे दहहुँदै ठाडेखोरिया मोटर बाटोको घुम्तीदेखी सल्लेना जोड्ने बाटो निर्माण गरिएको थापाले जानकारी दिए । बिशेष गरी भकुण्डेबाट बागलुङ बजार झर्ने कर्मचारी र स्थानीयले प्रयोग गर्दै आएको बाटो मर्मत सम्भारको अभावमा हिँड्न नमिल्ने बनेपछि श्रमदानमार्फत मर्मत गरिएको उनले बताए । गोरेटो बाटो निर्माणका लागि बागलुङ नगरपालिका लगायत अन्य सरोकारवालासंग सहयोगका लागि अपिल गरेपनि कतैबाट कुनै श्रोत नपाएपछि श्रमदानमा बाटो बनाईएको थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->