सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मापदण्डका छन् त क्वारेन्टाइन ?

मापदण्डका छन् त क्वारेन्टाइन ?


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १३ २०७७, मंगलबार

बागलुङ, १३ जेठ– कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढी रहेको छ । तराईका जिल्लामा डरलाग्दो संख्यामा बढेको संक्रमणबाट त्रसिद बन्नुपर्ने अबस्था छ ।
तर तराईका जिल्लामा किन संक्रमण बढेको होला भन्ने अध्ययन गर्न जरुरी छ । गर्मी मौषम भएकोले रोगको अन्य संक्रमणहरु पनि उत्तिकै डर हुने तराईमा भारतबाट भित्रिएका र स्थानीय क्वारेन्टाइनमा बसेकालाई सामुहिक रुपमा संक्रमण देखिएको छ । यसले ती क्षेत्रमा बनेका क्वारेन्टाइन सुरक्षाका लागि नभई संक्रमण बढाउनका लागि राखिएको झै भएको छ । गलकोटबाट गएका १४ ना मजदुरलाई संक्रमण भएपछि यो कुरा झनै पुष्टी भएको छ ।
उनीहरुको कन्ट्याक्ट टे«सिङ भएका कसैलाई पनि कोरोना संक्रमण नहुनु र पर्साको क्वारेन्टाइनमा गएर बसेको दुइ सातापछि संक्रमण देखिनुले पनि क्वारेन्टाइनहरु धरापमा छन् भन्ने प्रष्टै भयो । त्यसैले अब पहिलोपटक जोखिमयुक्त क्वारेन्टाइनहरु बन्द गर्नुपर्ने आबाज उठेको छ । ‘हामीले सुरक्षित पठाएकाहरु आफ्नै जिल्लामा पुगेर संक्रमणमा परे, हामीलाई पनि दुःख लाग्दो कुरा भयो’ गलकोट नगरपालिका वडा नं. ३ का अध्यक्ष वीरजंग भण्डारीले भने, ‘निको भएर घर फर्केको पनि समाचार सुन्न पायौं, खुसी पनि भयौं ।’ तर उनीहरुको भ्रमण इतिहासले बागलुङ र गलकोटलाई बदनामी बनाएको उनले बताए ।
उनले निरन्तर संक्रमितलाई गरेको सम्पर्क, संक्रमित भएपछि उनीहरुको उपचार पद्दती र क्वारेन्टाइनमै बस्दा पनि भएका हरेक क्रियाकलाप नियाल्दा क्वारेन्टाइनहरु जोखिममा रहेको भण्डारीले स्वीकार्छन् । ‘यस्तै क्वारेन्टाइनको भर पर्ने हो भने सातादेखि बागलुङमा भित्रिएका युवाहरुबाट सिंगो समाज संक्रमित हुन्छ’ उनले भने, ‘त्यसैले सुरक्षित क्वारेन्टाइन बनाएका छौं ।’
नेपाल सरकारले तोकेको मापदण्डमा क्वारेन्टाइनमा हरेक ६ जनाका लागि एक÷एकवटा शौचालय र धारा, दैनिक दुई छाक खाना र दुइपटक खाजा, पोसिलो खानेकुरा र सफा पानी तथा साबुनको व्यवस्था हुनुपर्ने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । मापदण्ड नपुगी बिद्यालयमा राख्ने तथा बेवास्ता गर्दा बिरामी नभएको व्यक्तिसमेत हतोत्साही भएर मर्न सक्ने उनले सुझाव दिए ।
केही दिनदेखि ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाले थप गरेका क्वारेन्टाइनलाई मापदण्डको आधारमा तयार गरेको बताएका छन् । गर्मी मौषम भएकोले लामखुट्टेको जोखिमबाट बचाउनेदेखि पोसिलो खाना दिने र नियमित सरसफाई, तातोपानीको व्यवस्थापन गर्ने सम्मको काममा पहल गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । उनले भित्रिएका र भारत तथा बोर्डर क्षेत्रबाट जिल्ला र आफ्नो पालिकामा भित्रनेहरुको नियमित सम्पर्कमा रहेको बताए । आउन चाहनेहरु सबै आएको खण्डमा कसरी व्यवस्थापन गर्ने भन्ने योजना पनि बनाएको उनले जानकारी दिए ।
लगानी धेरै गरेर, धेरै जना राखेर मात्र उपलब्धी हासिल गर्न नसकिने भएकोले मापदण्ड अनुसारको काम गराउन पहल भएको समेत गुरौले जानकारी दिए । तर अधिकांस क्वारेन्टाइन बिद्यालयमा बनाइएका छन् । ती विद्यालयमा सार्वजनिक शौचालय मात्रै छन् । खानेपानीको व्यवस्थापन भएपनि नुहाउने अबस्था छैन । दैनिक खाना र खाजा खुवाउने गरी स्थानीय पालिकाले बजेटको व्यवस्थापन गरेका छैनन् । गराएकै स्थानमा पनि कसले उनीहरुको स्याहार गरिदिने भन्ने अन्यौल छ ।
‘संक्रमणमा परेकालाई ओसार्न एम्बुलेन्ससमेत नमान्ने पद्दती बसिसकेको छ,, अब शंकास्पदको स्याहार सुसारमा कसले साथ दिने ?’ धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘स्याहार गर्नेले पनि सुरक्षित पोशाक लगाउने अबस्था भएपछि मात्र क्वारेन्टाइन सुरक्षित हुनेछन् ।’ अहिले बनेका अधिकांस क्वारेन्टाइनमा दर्जनबढी मानिस सुत्ने, सामुहिक शौचालय र खानेपानीको अभाव भएको बताइएको छ ।
‘कतिपयले चामल मिठो भएन पनि भनेका छन्, तर क्वारेन्टाइनहरु मापदण्डका छैनन्’ अधिवक्ता राम शर्माले भने, ‘खान नमिठो भयो भन्न नमिल्ला, तर राखिएका मानिस सुरक्षित बनाउने काम भने स्थानीय तहको हो ।’ बागलुङ नगरपालिकाले बनाएको धौलागिरी प्राविधिक स्वास्थ्य प्रतिष्ठानको मात्र सन्तोषजनक भएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->