बागलुङ, १३ जेठ– कोरोना परीक्षणका लागि सोमबार बागलुङका ९२ जनाको स्वाव संकलन गरिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका ४७, धौलागिरी अस्पतालका कर्मचारी तथा चिकित्सक ४० र ५ जना पत्रकारको स्वाव संकलन भएको हो ।
स्वाव संकलन गरिएकाहरुमा जिल्लाको बडिगाड गाउँपालिकाका ८, बागलुङ नगरपालिकाका ९, तमानखोला गाउँपालिकाका १४, गलकोट नगरपालिकाका ४, ढोरपाटन नगरपालिकाका ८, जैमिनी नगरपालिकाका ४ जना रहेका छन् ।
त्यस्तै धौलागिरी अस्पतालका स्वास्थ्य प्राबिधिकहरुले अस्पतालकै सि ब्लकमा रहेको सुरक्षित बुथबाट स्वास्थ्यकर्मी कर्मचारी तथा पत्रकारको स्वाव संकलन गरेका थिए । सबै पालिकाको स्वाव सदरमुकाम आउन बाँकी रहेकाले सोमबार संकलन भएका स्वाव मंगलबार मात्रै परीक्षणका लागि पोखरा पठाईने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
जिल्लाभर भारतबाट आएका झण्डै तीनसय जनाको परीक्षण गर्न बाँकी छ । तर, स्वाव संकलनका लागि आवश्यक किटभने सकिएको गुरौले बताए । आईतबार ताराखोला गाउँपालिकाबाट लिईएका ११ र काठेखोला गाउँपालिकाबाट लिईएका ३ जनाको नतिजा आउन बाँकी छ ।





