शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कोरोनाको जोखिममा रहेका वृद्धवृद्धानै खचाखच लाईनमा

कोरोनाको जोखिममा रहेका वृद्धवृद्धानै खचाखच लाईनमा

एभरेष्ट बैंकले ग¥यो लकडाउनको उल्लंघन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०७७, बुधबार

बागलुङ, १४ जेठ– लकडाउनको कार्यान्वयनका लागि जिल्ला कमाण्ड पोष्टले बनाएको विधि उल्लंघन गर्दै एभरेष्ट बैंकको बागलुङ शाखाले निबृत्तिभरण बाँडेको छ । पूर्व भारतीय सेना तथा भारतको सरकारी निबृत्तिभरण पाउनेहरुलाई बुधबार सयौंको संख्यामा लाईनमा राखेर बैंकले भुक्तानी दिएको हो ।
लकडाउन कार्यान्वयनका लागि जिल्ला कमाण्ड पोष्ट र बैंकको शाखा रहेको बागलुङ नगरपालिकाले समेत हप्तामा दुईदिन सामाजिक दुरी कायम गर्नेगरी बैंक खोल्न निर्देशन दिएका थिए । तर, सामान्य नियम सामाजिक दुरीसमेत कायम नगरी सयौं वृद्धवृद्धालाई लाईनमा राखेर बैंकले भुक्तानी दिईरहेको छ ।
बागलुङ, पर्वत र म्याग्दीका निवृत्तिभरण पाउनेहरुको यो शाखाबाट भुक्तानी हुने गरेको छ । ‘सामाजिक दुरी कायम गर्दै सावधानी अपनाएर काम गर्नु भनेका थियौं’ प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कमाण्ड पोष्टका संयोजक गौलोचन शैंजूले भने ‘यदि उल्लंघन गरेको भए ध्यानाकर्षण गराउँछौं ।’ कोरोना भाईरसको उच्च जोखिममा रहेका वृद्धवृद्धाहरु नै ठेलमठेल लाईनमा देखिन्थे । उनीहरु कतिपयले माक्स समेत लगाएका थिएनन् । यो बिषयमा जानकारी लिन हामीले पटक–पटक सम्पर्क गर्न खोज्दा बैंकका प्रबन्धकले भने फोन उठाएनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->