शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठेखोलामा शिक्षकलाई स्वयंसेवाको जिम्मा

काठेखोलामा शिक्षकलाई स्वयंसेवाको जिम्मा

क्वारेन्टाइन, सहायता कक्ष, सिमा नाकाका जाँचबुझ कक्ष लगायतमा शिक्षक कर्मचारीलाई स्वयंसेवकको जिम्मेवारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०७७, शनिबार

बागलुङ, १७ जेठ – जिल्लाको काठेखोला गाउँपालिकाले बन्दाबन्दीका कारण घरमै रहेका शिक्षकहरुलाई स्वयंसेवकको रुपमा परिचालन गर्ने भएको छ । गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइनको व्यवस्थापन, सहायता कक्ष, सिमा नाकाका जाँचबुझ कक्ष लगायतमा शिक्षक कर्मचारीलाई स्वयंसेवकको रुपमा परिचालन गर्न लागिएको हो । गाउँपालिकाले स्थानीय राजनीतिक दल सहितको सहभागिता भएको बैठकबाट आएका सुझावका आधारमा शिक्षक, कर्मचारीे परिचालन कार्यबिधि बनाएर काममा खटाउन लागिएको अध्यक्ष अमर थापाले बताए ।
गाउँपालिकाले बिभिन्न बिद्यालयमा १ सय बेड क्षमताका क्वारेन्टाईन निर्माण गरिसकेको छ भने बाँकी १ सय बेड क्षमताको क्वारेन्टाईन निर्माणको प्रकृया अघि बढाईएकोे छ । अध्यक्ष थापाका अनुसार विभिन्न वडामा रहेका विद्यालयमा बन्ने क्वारेन्टाईनको व्यवस्थापनमा शिक्षक कर्मचारी समेत खट्नेछन् । सरकारले घोषणा गरेको समयसम्म लकडाउनलाई पूर्ण पालना गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ ।
लकडाउनलाई कार्यन्वयन गर्नका लागि एम्बुलेन्स, बिरामी बोकेका गाडी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि चढेका बाहेक सबैखाले सवारीको आवत जावत बन्द गर्ने निर्णय गाउँपालिकाले गरेको छ । साना सवारी तथा पिकअप भ्यानहरुमा खाद्यान्न ओसार पसारमा गाउँपालिकाले रोक लगाएको छ । अध्यक्ष थापाका अनुसार वडाअध्यक्षहरुको सिफारीसमा ट्याक्टरले मात्रै खाद्यान्न ओसार पसार गर्न पाउने छन् । खाद्यान्नको बहानमा पिक अप भ्यानहरुले मान्छे ओसार्न थालेपछि गाउँपालिकाले कडाई थालेको हो ।
त्यस्तै, पालिकाको वडा नं. ५ घोडाबाँधे र वडा नं. १ खहरेमा हेल्थ डेस्क तथा चेकप्वाईन्ट खडा गर्ने गाउँपालिकाले जनाएको छ । दुवै ठाउँमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि र स्वयंसेवक परिचालन गर्ने निर्णय गर्दै गाउँपालिका भित्रका सबै बित्तिय संस्थालाई कारोवार बन्द गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->