आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

लकडाउन खोलौ, होम क्वारेन्टाइनलाई ध्यान दिउँ

लकडाउन खोलौ, होम क्वारेन्टाइनलाई ध्यान दिउँ


  • संजाल शर्मा
  • जेष्ठ १७ २०७७, शनिबार

हाल विश्वभरी फैलिरहेको र अहिले चर्चामा रहेको नयाँ भाइरसलाई विश्व स्वास्थ संगठनले (कोभिड–१९) नाम दिएको छ । यो भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग भएकोले संक्रमित ब्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को ब्यक्तिमा सर्दछ । यो भाईरस फोक्सोमा फैलिने हुन्दा मान्छेलाई स्वास फेर्न गाह्रो हुन्छ । त्यसपछि निमोनिया हुन्छ र भाईरसको अत्याधिक संक्रमण भएमा बिरामीको मृत्युसमेत हुन्छ भन्ने कुरा बिशेषज्ञले बताइरहेका छन् । अहिले पनि विश्वभर कोरोनाको त्रास उत्तिकै छ । प्राणघातक भनिएको यो भाईरस विश्वभर घुमिरहेको छ अर्थात् हाम्रै वरिपरी छ । यसको उपचार सम्भव नभएकोले मान्छे डराईरहेको स्थिती छ । तर यो रोगविरुद्ध लड्नको लागि शरीरको प्रतिरक्षा प्रणाली बलिलो बनाउने हो भने यसबाट बाँच्न सकिन्छ । तर शरीरको प्रतिरोध प्रणालीले संघर्ष गर्न नसकेमा मान्छेलाई यो रोग लाग्छ । कसैलाई ज्वँरो, खोकीजस्तो लक्षण देखिन्छ त कसैलाई देखिदैन । यो कुरा पछिल्लो अध्ययनपछि थाहा भएको छ । यो लेख लेख्ने बेलासम्म नेपालमा संक्रमित १,०४२ भने उपचारपछि निको भएकाको संख्या १८७ छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ५ पुगेको छ । पछिल्लो दिनहरूमा कोरोना संक्रमण नेपालमा बढ्दै गईरहेको छ भने विश्वमा कोरोनाको मृत्युदर झन् बढ्दै गएको छ । विश्वमा हालसम्म संक्रमित ५८,१३,९९७ र मृत्यु हुनेको संख्या ३,६०,३९७ पुगेको छ । कोरोनाको कुरा गर्दा बित्तिकै हामीले सामाजिक दुरी, क्वारेन्टाइन, आईसोलेसन, खानपान, सरसफाइ, लकडाउन र सचेततालाई भुल्नु हँुदैन ।
क्वारेन्टाइन
कुनै पनि रोगको अर्थात् हालको अबस्थामा कोरोना भाईरस रोगका शंकास्पद वा संभावित जोखिमका ब्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानीमा राख्नुलाई क्वारेन्टाइन भनिन्छ । कोरोनाको हकमा संभावित ब्यक्तिलाई बाह्य सम्पर्कबाट छुटाई तोकिएको (आबास, स्कुल, घर, होटल आदि) स्थानमा १४ दिनदेखि २१ दिनसम्म राखिन्छ । कोरोना प्रभावित स्थान वा देशबाट आएको तर संक्रमण नदेखिए पनि पछि देखिन सक्ने आशंकामा आफुले आफैलाई अलग राख्ने वा अन्य ब्यक्तिबाट छुट्टै एक्लै बस्ने र होशियारी अपनाउने विधि नै सेल्फ क्वारेन्टाइन हो । क्वारेन्टाइनको लागि सरकारी मापदण्डअनुसार हुनुपर्छ अन्यथा त्यसको औचित्य हुने छैन । यतीबेला शरीरले रोगसंग प्रतिरोध गर्न सक्ने खान सबैले खानुपर्छ भने क्वारेन्टाइन बस्ने वा एकान्तबाँस बस्नेले त यसप्रकारको खानाको लागि झनै ध्यान दिनु पर्द्छ ।
आईसोलेसन
संक्रमण भएको ब्यक्ति वा सो रोगसंग मिल्दोजुल्दो लक्षण देखिएको छ भने चिकित्सकको निगरानीमा राखी छुटै उपचार गर्नुलाई आईसोलेसन भनिन्छ । कुनै पनि ब्यक्ति संक्रमण भएको ११ औं दिनपछि भन्ने यो रोग सर्न नसक्ने विशेषज्ञ डाक्टरहरुले बताएका छन् ।
सामाजिक दुरी
एउटा ब्यक्तिदेखि अर्को ब्यक्तिसम्मको भौगोलिक दुरीलाई सामाजिक दुरी सम्झन सकिन्छ । कुनै गतिविधि गर्दा न्युनतम पनि एक ब्यक्ति अर्को ब्यक्तिसंग कम्तिमा तीन फिट वा एक मिटर दुरी कायम राख्ने गर्नु पर्छ ।
लकडाउन
सरकारले आम नागरिकलाई घरभन्दा बाहिर ननिस्कन गरेको आदेश भनि बुझ्न सकिन्छ । यसमा अत्यावश्यक कामबाहेक कोहि पनि घर बाहिर निस्कन पाउँदैन । भोज, भतेर, सभा, सम्मेलन, बिवाह लगायत सार्बजनिक यात्रा र भीडभाड हुने स्थल लगायतका कार्यलाई सरकारले प्रतिबन्ध गरेको हुन्छ । कोरोना भाईरस रोग कसरी सर्छ, यसबाट कसरी बच्ने र यो रोग लागे के गर्ने भन्नेजस्ता ज्ञान, बुद्धि आदिलाई फैलाउने वा प्रसारण गर्ने सतेतना कार्यक्रम सरकारले गरिरहनु पर्छ ।
भारतमा रहेका नेपालीबारे
विश्व स्वास्थ संगठनले जहाँ छौ त्यही बस् भनेर लकडाउनको एकोहोरो रटान दिईरहेको छ । लकडाउनले नागरिकलाई थुप्रै जटिलतासंगै अभावको जीवन झेल्नुपरेको छ । यी तमाम समस्याबाट थोरै भएपनि आफ्नो देशमा पुगे राहत मिल्ला भनेर थुप्रै नेपाली भारतबाट नेपाल आउन खोजेका छन् उनीहरु विशेष गरेर आफू रहेको स्थानमा कष्टकर र दुखदायी अवस्थाको सिर्जना भएर नै आफ्नो भुमीमा फर्कन खोजेका छन् । र, उनीहरुले यो पनि भनिरहेका छन् कि यो प्रतिकुल अवस्थामा हामी सबै किसिमका समस्या समना गर्न तयार छौ, क्वारेन्टाइनमा बस्छौं तर हामी घरसम्म आईपुग्न पाउनु पर्यो । उनीहरुले विदेशमा बसेर तनावग्रस्त र कष्टकर बेखर्ची दैनिकी ब्यथित गर्नु भन्दा आफ्नो मातृभुमिमा रहेको घर–गाउँ प्रवेश गर्न पाए आफुहरु ढुक्क हुने बताएका छन् । कयौं बाध्यता र समस्यासंग सामाना गर्दै भएपनि असुरक्षित प्रकारले नेपाल भित्रिरहेका छन, पछिल्लो समय सिमा नाकामा नेपालीको भीड बढ्दो छ । नेपाल प्रवेश नाकामा खटिएका प्रहरी प्रशासनका अधिकारीहरुले उनीहरुलाई सामान्य ज्वँरोसमेत चेक नगरी सम्बन्धित जिल्लाको प्रशासन प्रमुख र स्थानीय निकायसंग मात्र समन्वय गरेर पठाएको बताएका छन् । यसरी दैनिक नेपाल प्रवेश गर्नेको संख्या दस हजारको हाराहारीमा छ ।
नेपाल सरकारले भारतबाट फर्किन चाहनेको पिरमर्का र वेदनालाई बुझेन भने कस्ले बुझ्ने ? यो महामारीमा छड्पटाएका नेपालीको सम्बोधन सरकारले गरेन भने सरकार औचित्य के ? प्रश्न जटिल बन्दै आएको छ । मुलत ः उनीहरु आफ्नो परिवारको दैनिक सहज होला भनेर नै प्रवासमा गएका थिए र आफ्नो परिवारको जनतन चुलो बालेका थिए । त्यसको साथै देशलाई रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रलाई धानेका थिए तर अहिलेको स्थितिमा कोहि जागिरबिहिन त कोहि बेखर्ची या थुप्रै नेपाली बाँसबिहिनसमेत भैइरहेको पीडा उनीहरुले सुनाएका छन् । उनीहरु नेपाल भित्रिदा कोरोनाको डर उत्तिकै छ, यो कुरा उनीहरु आफुलाई समेत थाहा छ तथापि मर्नुभन्दा बहुलाउन ठिक भन्ने नेपाली उखानजस्तै कहानी बोकेर उनीहरु नेपाल भित्रिन चाहान्छन् । भरतमा रहेका नेपालीले कोरोना लिएर आउँछ भनेर नेपालमा रहेका नागरिक होच्याउने, अपहेलित गर्ने गरेको समेत पाईएको छ त्यसको साथै सरकारवाला निकाय त उनीहरुबाट झनै डराएको स्थिति छ । के आफ्नो घर फर्कन चाहनेलाई नफर्क भन्ने अधिकार छ ? होइन भने रेमिटेन्स पठाएर जिविका र देश धानेका नेपाली नागरिक यो अफ्ट्यारो परिस्थितिमा घृणा गर्ने छुट कसले दियो ? उनीहरुलाई यतिखेर माया र सद्भावको खाचो छ रेखदेखको खाचो छ अनावश्यक रोधन किन ? के नेपालमा बसेकालाई कोरोना लागेको छैन र ? कि भरतबाट आएका सबैलाई कोरोना लागेको छ या उनीहरु आएपछि कोरोना लाग्छ ? समाजले उनीहरुलाई अन्धो मूल्याकंन गर्न जरुरी छदै छैन । तर नेपाल फर्कनेहरुले अवश्य नेपाल सरकारले बनाएको मापदण्ड पक्कै मान्नु पर्छ । यो जटिल परिस्थितिलाई मध्यनजर गर्दै संघ, प्रदेश र स्थानीय तहले बेलैमा सन्तुलित रणनीतिको अवलम्वन गरि नेपाल भित्रिने मानिसको स्वास्थ्य जाँच गर्दै मापदण्ड अनुरुपका क्वारेन्टाईनमा राख्ने गर्नु पर्दछ । यदि यसो गर्न सकिएन भने स्थिति झन् भयावह हुने छ । समन्वय र जानाकारी बिना लुकीछिपी हिड्ने वा जर्बजस्ती घुलमिल हुन खोज्ने व्यक्तिको पहिचान गर्दै स्थानीय सरकार समेतले कडाइका साथ समन्वन गरि स्वयंलाई क्वारेन्टाइनमा बस्न उर्दि वा कोरोना रोगबारे बच्न र बचाउन र सबैलाई उच्च प्रकारको सर्तकता अपनाउदै यसका नियमको पलना गर्न वा गराउनसमेत आग्रह गर्नु पर्दछ ।
लकडाउनको विकल्प खोजी गरौं
कोरोना सरुवा रोग भएकोले यो समयमा उच्च सर्तकता अपनाउनुपर्ने हुन्छ । एक ब्यक्तिदेखि अर्को ब्यक्तिसम्म दुरी कायम गरि आफ्ना दैनिक कामहरु गर्दा फरक पर्दैन तर कोरोनाका लक्षण देखिएमा सेल्फ क्वारेन्टाइनमा बस्ने आदेश पालना गर्नु पर्दछ । कोरोना भाईरसको संक्रमण बढ्दै गईरहेको छ, यो अबस्थामा कहिलेसम्म लकडाउन लम्बाई मान्छेको जीवनलाई थप कष्टकर बनाउने ? वा मान्छेलाई मृत्युको भय देखाएर कहिलेसम्म थुन्ने ? कोरोना १–२ बर्षसम्म पनि अन्त्य भएन भने के बर्षभरि लकडाउन गर्ने ? त्यसैले अब लकडाउनको विकल्पबारे गम्भीर भएर सोच्नु पर्ने हुन्छ । जेठ २० गतेबाट लकडाउन खोली अन्य सुरक्षाका विकल्प प्रयोग गर्नु पर्दछ । कोरोना रोगबाट हुने संभावित जोखिमलाई कम गर्न आवस्यक तयारी पूरा नभएको बेलासम्म त लकडाउनको औचित्य ठिकै थियो होला तर नेपालमा आज लकडाउनको ६७ औं दिन पुगिसकेको अबस्थामा अहिलेसम्म सरकारले के तयारी गर्यो र के हेरेर बसएको छ समिक्षाको विषय यहाँ छ । मान्छेलाई जबर्जस्ती थुन्ने र मानसिक टर्चर दिई आत्महत्या सम्मको परिस्थिति निम्त्याउन सरकारलाई छुट छ वा यो असहज परिस्थितिमा अस्पतालको सेवा लिनुपर्ने दीर्घ रोगिहरु कोरोनाले भन्दा औषधि उपचार नपाएर मर्न मिल्छ । दैनिकी मजदुरी गरेर जनतन चुलो बाल्ने परिवारको स्थिति झन् भयानक छ । थुप्रै ब्यवसाय र थुप्रैका रोजगारी धरासायी बनेका छन् । देशनै आर्थिक संकटले टाट पल्टने स्थिती छ, समग्रमा भन्नु पर्दा लकडाउनले मानिसलाई मानसिक, शारीरिक, भौतिक र आर्थिक रूपमा ठूलो क्षति पुर्याएको हुँदा केही राष्ट्रहरूले लकडाउनलाई खुल्ला गर्दै सामान्य जनजीवनमा फर्किसकेका छन् । अहिलेसम्म कोरोनाबाट संक्रमित कुल संख्यामध्ये करिब ४० प्रतिशत मानिसहरू औषधिविना निको भएर घर फर्किसकेका छन्भने हामीले कोरोनालाई सामान्य रोगको रुपमा किन नबुझ्ने । के आजको इतिहासमै यो पहिलो महामारी हो त ? अवस्य होइन त्यसैले लकडाउनको बाहनामा मान्छेलाई बन्धक बनाउन मिल्दैन, कुरा सरकारले बुझेको खोई ?
लकडाउन खोली होम क्वारेन्टाइनलाई ध्यान दिउँ
भारतबाट फर्केका नेपालीदेखि एक जिल्लाबाट अर्को जिल्ला वा स्थानमा ओहोरदोहोर गर्नेहरुलाई क्वारेन्टाइनमा राख्ने कुराले यतिखेर खास चर्चा पाएको छ । क्वारेन्टाइन कस्तो हुने र यसको काम के हो भन्ने कुरा आम जनसमुदायले अझसम्म बुझेको भने पाईएको छैन । धेरै ठाउँमा क्वारेन्टाइनमा मान्छेलाई लस्करै सुताएको कारणले क्वारेन्टाइनभित्र नै संक्रमण फैलिएको समेत धेरै घटना थाहा भएको छ । क्वारेन्टाइन के हो ? किन र कसरी बस्ने ? सन्तुलित भोजन के र कसरी खाने ? ब्यक्तिगत सरसफाइ र शारीरिक कसरतमा कसरी ध्यान दिने ? माक्स प्रयोग केका लागि गर्ने हो र कति दुरी कायम गरि बस्ने आदि विषयसहित कोरोना कसरी सर्छ त्यस सम्बन्धि सुचना, जानकारी आदिलाई समेटेर जनचेतना दिन सकेमा मात्र क्वारेन्टाइनभित्र र बाहिर दुबै स्थानमा बस्ने ब्यक्तिलाई कोरोनाको भयबाट मुक्त गर्न सकिन्छ । नत्र क्वारेन्टाइनको बसाईमा हुने मानसिक समस्याले समेत थुप्रै समस्या निम्त्याउन सक्छ । यतिखेर क्वारेन्टाइनको नाममा मान्छेले बुझेर वा नबुझेर खेतबारी चौर वा बनमा छाप्रा र पाल हालेर क्वारेन्टाइन बनाएको स्थिति छ । के यस्ता क्वारेन्टाइनले मानिसको स्वास्थ्यलाई असर गर्दैन ? के यी सरकारको मापदण्डमा बनेका छन ? निगरानी कसले गर्ने ? यस विषयमा सरकारको गम्भीरता खोइ ? सुरु सुरुमा एड्स भाईरसबारे पनि हामीहरु यस्तै प्रकारले भयवित थियौ तर अहिले थाहा पाएका छौं एड्स भाईरस के हो भनेर । एचआईभी भाइरस मानवको शरीरमा अहिलेसम्म भेटिएको छैन अर्थात् एचआईभी र एड्स भाईरसले कसैलाई मार्ने गरेको छैन तर यो भाइरसविरुद्ध लाड्ने रोग प्रतिरोधात्मक क्षमता नभएका कारणले भने थुप्रै मान्छेको ज्यान गएको छ । अर्थात् एचआईभी र एड्सको नाममा विश्वमा खर्बौं डलरको व्यापार परेको उदाहरण हामीले थाहा पाएका छौ । त्यस्तै भय र डर देखाएर कतै व्यापारको पोलिसी अपनाएको त छैन रु यहाँ शंका पक्कै छ । के को लागि विश्वलाई लकडाउनको बहानामा बन्धक बनाएको छ त ? यो सोच्नुपर्ने विषय बनेको छ । एड्स जस्तैः कोरोना भाईरस लागेर मान्छे नमर्ने हुँदा वा यो भाईरसको भाईरसको संक्रमण देखिएपछि जो मरेका छन् तिनीहरु यो रोगको भाईरसविरुद्ध प्रतिरोध गर्न नसकेका कारणले ज्यान गुमाएका छन त्यसैले कोभिड–१९ बाट पनि यति धेरै त्रसित हुनु पर्ने आवस्यकता छैन । सर्तकता भने अवस्य अपनाउन जरुरी छ ।
सरकारले तालिम प्राप्त कोरोना सचेतक वा चिकित्सकलाई जनचेतनाको निम्ति परिचालन गरेर क्वारेन्टाइनमा बस्नेलाई यिनीहरुद्वारा नियमित निगरानी गर्नुपर्ने जरुरी छ । बिद्यालयको कोठामा हिरासतमा जस्तै थुप्रै ब्यक्तिलाई थुनेर राख्नु भन्दा घर–घरका कोठामा क्वारेन्टाइन निमार्ण गरि अगाडि बढ्ने हो भने उनीहरुको लागि आवस्यक पौस्टिक खाना, सरसफाइ र रेखदेख गर्न निकै सजिलो हुन्छ । त्यसको साथै सम्भावित जोखिमबाट सावधानी अपनाउन स्वयं ब्यक्तिलाई परिवारको प्रत्यक्ष निगरानीमा छोड्न सकिने हुँदा उसलाई मानसिक समस्या कम हुन्छ । अब स्कुल वा सार्बजनिक भवनमा क्वारेन्टाइन बनाउनुभन्दा होम क्वारेन्टाइनको बिधि अपनाउनु बढि र लाभदायक र सहज हुन्छ । त्यसकारण होम क्वारेन्टाइनको बिधिलाई बृहत् रुपमा बहस गर्नुपर्ने आवस्यकता छ । सामाजिक दुरी कायम गरि आफ्नो घरमा क्वारेन्टाइनमा बस्दा पहाडी इलाकाहरुमा घरहरु टाढा–टाढा हुने हुदा यस्ता कामहरु गर्न ग्रामीण इलाकामा बढि लाभदायक र संभावना छ । खेतबारी लगायतका स्थानमा एक्लै कामहरुसमेत गर्न सक्ने छन् । यसरी होम क्वारेन्टाइनमा बस्नेलाई स्थानीय निकायले आवस्यक जनशक्ति र सचेतकहरु परिचालन गरि एक–एक थान थर्मामिटर लगाएत आवस्यक स्वास्थ हेर्दा गर्न सकेमा अझ राम्रो हुन्छ । यसरी क्वारेन्टाइनमा बस्ने ब्यक्तिले जतासुकै हिड्डुल गर्ने, अन्य ब्यक्तिसंग जोडिएर भीडभाड गर्न र सामुहिक गतिविधि गर्ने, अन्य ब्यक्तिको मोबाइल चलाउने आदि कामलाई प्रतिबन्ध गर्नुपर्छ । होम क्वारेन्टाइन सरकारी मापदण्डअनुसार छ छैन त्यसलाई स्थानीय निकायले नियमित निगरानी गर्नुपर्दछ । धेरै क्वारेन्टाइन स्थल अपराधी राख्ने अखडाजस्तो देखिएको समेत सञ्चारमाध्यमले बताएका छन् । यसरी भारतबाट फर्केने नेपाली लाई घर–घरमा क्वारेन्टाइन बनाई राख्दा प्रत्येक घरको जनशक्ति प्रयोग हुने हुँदा राज्यलाई कम भार पर्नुको साथै नेपाल भित्रिने लाखौंलाई सहि प्रकारले ब्यबस्थापन गर्न सकिन्छ । यसरी ब्यबस्थापन गर्दा रोगको थप भयको न्यूनीकरण गर्न सहयोग हुनुको साथै प्रत्येक नागरिकको शारीरिक र मानसिक स्वास्थमा ठुलो असर पर्ने थिएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->