साधु सन्यासीहरु सामान्य हुन्छन् । विचारमा उन्नत हुन्छन् । मानवता नै केन्द्र हो, मान्दछन् । काम, क्रोध, लोभ, मोहजस्ता विकार हुने कुरै भएन । ईन्द्रीयजन्य विकारको बाखर पनि सफा पारेका हुन्छन् । त्यसो भए, उनीहरु अवोध बालकजस्तै निश्चल हुन्छन् । छलकपट जान्दैनन् । हिजो आज र भोलीको समयमा अल्झिन हत्ते गर्दैनन् । मानवीय चोला त एक भ¥याङ अरे ! मानव चोलाबाट मुक्तिको लागी भ¥याङ । हामीले जानें–बुझेका साधु यस्तै हुन्छन् । यी त जोगीका कुरा भए । भोगीका कुरा भने नगरौ । हो, लोमस पनि त्यस्तै साधु थिए ।
लोमस एक सन्यासी थीए । उनी सामान्य रुपमा असामान्य थिए । शिष्यहरुलाई ज्ञान बाँड्ने र मानव चोलालाई उन्नत बनाउन चाहान्थे । जप, तप, साधना, ध्यान दैनन्दनिक कार्य थिए । उनको आफ्नो भन्ने केही थिएन । उनको त कुटी पनि सामान्य नै थियो । लवाई खवाईका भोगी पनि थिएनन् । छाक टार्न पाए पुगी हाल्यो । हावा, पानी, कन्दमूलले पनि जीवन जीउन सक्थे । चेला–शिष्यले ल्याए, दिएको भोजनबाट पनि तृप्त हुन्थे । ओड्ने ओच्छ्याउनेको नाममा एउटा गुन्द्री मात्र । हो, लोमसको गुन्द्री ।
प्रचण्ड गर्मीमा लोमस गुन्द्री ओडेर हिंडेका थिए । फगत एउटा गुन्द्री । त्यही ओच्छ्याउने त्यही ओड्ने । लोमसको चाला देखेर उनको शिष्यको मन कटक्क खाएछ । आफ्ना गुरुको हठ देखेर टीठ लागेर आएछ । उनलाई एकसरो बन्दोवस्ती गरिदिन मन लागेछ । उनले पनि त्यही प्रस्ताव राखेछन्, लोमस सामु । शिष्यको कुराले लोमस भने मरी मरी हाँसेछन् । गुरु हाँसेको देखेर शिष्य भने दंग परे । उनले गुरु समक्ष हाँस्नुको जिज्ञासा राखे । लोमस बोले– बालक यही गुन्द्री फटाल्न त पाउने हो कि होइन ! ठेगान छैन । अरु, के कुरा गर्छौ । मलाई केही चाहिँदैन । मलाई यसै ठीक छ । म खुसी छु । मरो वैभव नै यही गुन्द्री हो । शिष्य तीन छक परे । उनी लज्जित भए ।
हो ! सादगी बन । सामान्य बन । त्यही हो लोमसको लालसा । लोमसपथ सजिलो छैन् । सजिलो मात्र होइन असंभव प्रायः नै ! को बन्न सक्छ लोमस यस जमानामा ? म बन्न सक्छु ? तपांई बन्न सक्नु हुन्छ ? कस्ले त्याग्न सक्छ काम, क्रोध, लोभ र मोह ? सम्भव छ यस जमानामा ? हाम्रो वरपर लोमस मति छ ? हाम्रो समाजमा छ ? हाम्रो राष्ट्रमा छ ? के हामीमा रत्तीभर लोमसको चेत छ ? के हाम्रा नेतामा लोमस चेत छ ? हाम्रो नेतृत्व छ ? के हामीले लोमस चेतको नेतृत्व छान्न सक्छौ ? चिन्न सक्छौ ? बनाउन सक्छौ ? उत्तर सजिलो छ– हामी त्यो सक्दैनौ र गर्ने चेष्टासम्म पनि छैन् । त्यसो भए हाम्रो पुस्ताको जीवन नरकतुल्य हुने निश्चित छ । ढुक्क हुनुस् ।
राज्यको काम गर्दा मात्र राज्यको वत्ती बालेर गर’ भनेर महात्मा विदूरले पनि सिकाएकै छन् । अरु कुरै छाडौं न ! मोदीलाई आफैले पाहुना बोलाएर संसदमा आर्शिवचन लिएकै हो । ‘राजनीतिमा र समाजसेवामा साधू मन चहिन्छ’ भन्दा ताली पिटेकै हो । होश हवासमै भएकै त होलान यी कुरा !
समाजसेवाको साँचो आधार भनेकै लोमसपथ हो, चेत हो । राजनीति पनि समाज सेवा नै हो । ‘समाज सेवा नै सर्वोत्कृष्ट धर्म हो । समाजसेवा नै मुक्तिको मार्ग हो’ भनेर स्वामी विवेकानन्दले भनेकै छन् । ‘समभाव राख’ भनैकै हुन् । ‘आफ्नो काम आफ्नो बत्ती बालेर गर । राज्यको काम गर्दा मात्र राज्यको वत्ती बालेर गर’ भनेर महात्मा विदूरले पनि सिकाएकै छन् । अरु कुरै छाडौं न ! मोदीलाई आफैले पाहुना बोलाएर संसदमा आर्शिवचन लिएकै हो । ‘राजनीतिमा र समाजसेवामा साधू मन चहिन्छ’ भन्दा ताली पिटेकै हो । होश हवासमै भएकै त होलान यी कुरा !
अनि कुरो के भने, लोमस बन्न हामीलाई पढाएकै पनि त हुन् । सिकाएकै हुन् । घण्टौ प्रशिक्षणमा तंग्रीएर बसेकै हो । कोठामा थुनिएर कैयांै दिन प्रवचन पनि सुनेकै हो । विदेशी लोमसका ठेली पढिएकै हो । घोकिएको पनि हो । घत परेर ताली पनि बजाएकै हो । सिठी फूकेर समर्थन पनि त गरेको हो । आफ्नो देशका, आफ्नो संस्कृतिका, आफ्नै भाषाका, आफ्नै पूर्खाका, अर्गयानिक लोमस वाणीमा सन्देह गर्दै विदेशी विचार बोक्यौ, बोकायौ र त्यसैमा गर्व गर्यौ पनि । ती त फगत वाणीमा पो सिमीत भए त ! कतै व्यवहारको कसिमा काँचै पो थिए कि त ! ती वाणीहरु प्रजातन्त्रको नाममा होस् वा कम्यूनिजमको नाममा नै किन नहोस् । आयातित विचारले ठिमाहा बनाई दियो, नेपाली मानसिकतालाई । पूर्ण रुपमा ग्रहण गर्न पनि कठिन र विसर्जन पनि ।
हुन त, तिम्रो केहि पनि होईन । सबै राष्ट्रको हो, भनेकै हुन् । सबै समान छन् । उचो निचो कोही छैन । सबै बराबरी छन् । समभाव राख, पनि भनेका हुन् । सर्बहाराकरण गर्ने पनि भनेका हुन् । सर्बहारा हुन पनि प्रेरणा दिएकै हुन् । नीजि सम्पत्ती नै शत्रु हो भनेका हुन् । अरु नजाति हामी जाति पनि भनेकै हुन् । हाम्रो समृद्धि हाम्रै पालामा पनि भनेकै हुन् । के यी सब झुटका पुलिन्दा हुन् ? हो, यी सब भनियो मात्र, तर गरिएन । सबका सब ‘यसै गर्नुपर्छ’ भने तर आफू पनि ‘यसै गर्छौ’ भन्न पो बिर्सिएछन् । सबैले ‘मान्नु पर्छ’ भने, तर ‘हामी पनि गर्छौ’ भन्न पो बिर्सिएछन् । हो, फरक यही पो परेछ ! छलछम पो भएछ ! अब छलछाम सच्चाउनु पर्छ । भन्ने होइनस गर्ने छान्नु पर्छ ।
त्यसो भए, नेपालीहरु कस्तो लोमसको पर्खाइमा छन् त ? नेपालीहरु आधुनिक लोमसको पर्खाइमा नै छन् । मात्र भनेका छन्– आफ्नो वचनको पालना गर । राज्यको सम्पत्तीको सदुपयोग गर । सुरक्षा घेरामा तिमी नै बस । अगवा–पछुवा पनि प्रयोग गर । साधनको उपयोग पनि गर । महलमा पनि बस । नेता पनि तिमी नै हौं । पद पनि तिम्रै हो । प्रधानमन्त्री, मन्त्री, प्रमुख पनि तिमी नै बन । हाम्रो कुनै गुनसो छैन् । नियम कानुन पनि बनाएकै छौ, त्यसैको पालना गर । आफ्नै कानूनलाई मान, त्यती हो । लामो हात र कर्के आँखा नलगाऊ । नेपालीले गास कटाएको र खाडीको गर्मी खटाएको करमा हुल्ली नखेल । सदुपयोग गर्नु नै तिम्रो कर्म हो । कर्म गर । तर जानी राख ! राज्यको सम्पत्ती तिम्रो हुँदै होइन । नीजी सम्पत्ती होइन, त्यो । राज्यको सम्पत्तीको सुरक्षा गर । इज्जतमा बस् । नेपालीहरु सम्मान गर्न लालायित छन् । नेपालीले यत्ति भनेका हुन् । तिमीले भन्ने गरेका कुरा सम्झाएका मात्र हुन् । नेपाली पुकारा यत्ती हो ।
नेपाली आवाजको उपहास भएको छ । विकासको गति उस्तै छ । लुटको तमासा उस्तै छ । भ्रष्टहरु निर्धक्क छन् । उनीहरुमा ग्लानीबोध छैन् । बरु निर्धक्क छन् । अमनचयन छ । मानौ ऊ चिरञ्जीवी छ । भ्रष्टहरु सत्रौ पुस्ताको चिन्ताले ग्रसित छन् । कानून निर्धालाई मात्र । पहुँचवालालाई धोल्लो छ । महामारी पनि कमाउको अवसर बनेको छ । मानवियता मरेको छ । हाब्रो यति ठूलो छ कि, संसार निल्ने । लाद्रो यति ठूलो छ, कि संसार अटाउने । सुन लौ ! हाब्रो सिउनु छ, लाद्रो फोर्नु छ !
लौ न ! त्यसो भए, खत्तम भो त ? संसार खरानी भष्म भो, पनि नभनौ । जो कोही पनि समाजबाट टाढा जानै सक्दैन । समाज बनाउनु उसको पनि दयित्व हो । मान्छे चिन्नू, आफैलाई चिन्नु, मान्छे छान्नु र आफैलाई बदल्नुको विकल्प छैन् । संसारका मन्छेले यसै गरेका हुन् । हाम्रा पूर्खाले पनि त्यसै गर्न भनेका हुन् । सबैलाई चेतना भया !
(चापागाईँ धौलागिरी बहुमुखी क्याम्पस बागलुङका उप–प्राध्यापक हुन् ।)





