सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आम्दानी बढाउन र सुशासन कायम गर्न जुटौं : सापकोटा

आम्दानी बढाउन र सुशासन कायम गर्न जुटौं : सापकोटा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७७, मंगलबार
गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटा । फाईल तस्वीर ।

पोखरा, २० जेठ – गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले प्रदेश सरकार अव आम्दानी बढाउने योजनाका साथ लाग्नुपर्ने वताएका छन् । प्रदेशसभामा पेश भएको नीति र कार्यक्रममाथि मंगलवारको बैठकमा आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्य सापकोटाले मुलुक संघियतामा गएसंगै कार्यान्वयनको सन्दर्भमा खर्च बढिरहेको तर आम्दानीमा ध्यान नगएको वताए । ‘संघियता कार्यान्वयनको चरणसंगै खर्च बढेको बढै छ’, सापकोटाले भने, ‘खर्चको तुलनामा आम्दानी बढाउनेतर्फ हाम्रो ध्यान पुगेको छैन । प्रदेशले राजश्व संकलनमा विशेष ध्यान दिनैपर्दछ । हामी आत्मनिर्भर बन्नलाई पनि आम्दानी बढाउनुको विकल्प छैन् ।’ अहिले अर्थतन्त्र डरलाग्दो रुपमा ओरालो लागिरहेको छ । यसलाई चलायमान बनाउनै पर्दछ ।
अहिले सवैका प्रश्न सुशासन र पारदर्शीतामा छ, सरकारप्रति प्रश्न छ, जनप्रतिनिधिप्रति प्रश्नछ, कर्मचारीप्रति प्रश्न छ’, प्रदेश सदस्य सापकोटाले भने, सुशासनविना जनतालाई परिवर्तनको अनुभव दिन सकिदैन, पारदर्शिता हुनै पर्दछ । सुशासनको क्षेत्रमा प्रश्न उठाउने ठाउँ दिनुहुदैन भन्दै सापकोटाले यसमा सवै सच्चिनुको विकल्प नभएको वताए । स्थानीय र केन्द्र सरकारसंग समन्वय गर्दै सुशासनको पाटोलाई बलियो बनाउन लागौं ।
गण्डकी प्रदेशको नीति र कार्यक्रमले स्वास्थ्य विमा, भगवत सर्वजीप सिप विकास कार्यक्रम, सुपथ मुल्य कार्ड, योजना बैंक, विकास प्राधिकरण लगायतका कार्यक्रमले सवैको शीर उचो बनाएको वताए । सरकारले राम्रा पुराना कार्यक्रमलाई निरन्तरता दिनु स्वाग्त योग्य भएको वताउदै सापकोटाले कोभिड १९ को नियन्त्रण, रोकथाम र उपचारका लागि आएको कार्यक्रम, भौतिक पूर्वाधरको क्षेत्रमा रहेका कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक न्यायको क्षेत्रमा आएका कार्यक्रमलाई धन्यवाद दिए । साधान स्रोतको अभावमा पनि वस्तुनिष्ठ समिक्षा गर्दै अर्थतन्त्रलाई चलायमान गराउने कुरा, जनताको निराशा र कुण्ठालाई हटाउने गरी आएका कार्यक्रमको स्वागत गर्नै पर्ने वताउदै सापकोटाले दलित, महिला, अल्पसंख्यक, भूगोल र पछि पारिएका जनताका पक्षमा नीति र कार्यक्रम रहेको वताए ।
अर्थतन्त्र डरलाग्दो रुपमा खस्किदो अवस्था पनि यसलाई चलायनमान बनाउने कुरा स्वागतयोग्य छ । अहिलै समाजवादमा पुग्न नसकिने भन्दै उनले नेपाली समाज यतिवेला पुँजीवादको प्रारम्भिक चरणमा प्रवेश गरेकाले पुँजीलाई मजवुद गर्दै समाजवादी अर्थतन्त्रको रुपमा अगाडि बढ्न खोज्नु नै नीति र कार्यक्रमको महत्वपूर्ण पक्ष भएको वताए । महामारीको रुपमा रहेको कोभिड १९ को रोकथामलाई पहिलो प्राथमिकता र कृषि उत्पादनलाई दोस्रो प्राथमिकतामा राखेर आएको नीति र कार्यक्रम प्रदेशको विकासका लागि उत्साहवद्र्धक रहेको वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->