सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

एनएमसिमा डाक्टरको हड्ताल : धौलागिरि अस्पतालका चिकित्सकको ऐक्यवद्वता

एनएमसिमा डाक्टरको हड्ताल : धौलागिरि अस्पतालका चिकित्सकको ऐक्यवद्वता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७७, मंगलबार

बागलुङ, २० जेठ– नेपाल मेडिकल कलेजका डाक्टरमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै त्यहाँ कार्यरत चिकित्सकले गरेको आम हड्तालप्रति धौलागिरी अस्पतालका चिकित्सकले ऐक्यवद्वता जनाएका छन् ।
नेपाल मेडिकल कलेजका चिकित्सकमाथि हातपात गर्ने दोषीलाई कारवाहीको माग गर्दै धौलागिरी अस्पताल बागलुङमा कार्यरत स्वास्थ्यकर्मीहरुले प्ले कार्डंसहित मुखमा कालोपट्टी बाँधेर बिरोध जनाएका हुन् ।
घटना भएको ६ दिन बितिसक्दा पनि कारवाहीको लागि कुनै पहल नगरेको भन्दै अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले पनि अस्पताल परिसरमै बिरोध प्रदर्शन गरेको अस्पतालका प्रमुख डा. शैलेन्द्र वि. पोखरेलले जानकारी दिए ।
कोरोना भाइरसको महामारीबीच आफ्नो ज्यानसमेत जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीमाथि पटकपटक अस्पतालभित्रै हुने हातपातका घटना बढेको र दोषीलाई कारवाही गर्नुको सट्टा धरौटीमा रिहाई गर्नु न्यायोचित नभएको भन्दै विरोधमा उत्रनु परेको डा. पोखरेलको भनाई छ ।
जेठ १४ गते जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->