सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बेहोस सुत्केरीको हेलिकप्टरबाट उद्धार गरी पोखरा लगियो

बेहोस सुत्केरीको हेलिकप्टरबाट उद्धार गरी पोखरा लगियो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७७, मंगलबार

बागलुङ, २० जेठ – जिल्लाको बडिगाड गाउँपालिका-१ मा पोष्ट पार्टम इक्ल्यमसियाको कारण बेहोस भएकी ११ दिने सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहयोगमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलावर उनको उद्धार गरी पोखराको गण्डकी अस्पतालमा लगेको हो । पोष्ट पार्टम इक्ल्यमसियाको कारण बेहोस भएकी २२ वर्षीय सरस्वती पोखरेललाई घरबाटै उद्धार गरी पोखरा पठाएकोे बडिगाड गाउँपालिकाले जनाएको छ।
पोखरेल ११ दिन अगाडी स्थानीय वर्थिङ सेन्टरमा सुत्केरी भएकी थिइन् । बच्चाको अवस्था सामान्य रहेको वडा अध्यक्ष बोम बहादुर थापाले जानकारी दिए । राष्ट्रपति मातृ सुरक्षा कार्यक्रम अन्तरगत सामाजिक विकास मन्त्रालय पोखरा र गृह मन्त्रालय काठमाडौंसंगको समन्वयमा उद्धार गरिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वताए । पहाडी जिल्ला र उपयुक्त स्वास्थ्य सेवाको अभावको कारण जटिल मातृ स्वास्थ्य सम्बन्धि समस्या भएका महिलालाई हेलिकप्टरबाट उद्धार गरि सेवा दिने ब्यवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->