सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

थप आईसोलेसन बनाउन विकल्प खोज्न थालियो

थप आईसोलेसन बनाउन विकल्प खोज्न थालियो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७७, मंगलबार

बागलुङ, २० जेठ– धौलागिरी अस्पताल बागलुङमा रहेको आईसोलेसन वार्ड भरिन थालेपछि आईसोलेन विस्तारको तयारी थालिएको छ । सदरमुकामका विद्यालय, क्याम्पस र सदरमुकाम आसपासका सम्भावित स्थानहरुको खोजी थालिएको हो ।
भारबाट आएकाहरुमा धमाधम कोरोनाको संक्रमण देखिन थालेपछि थप आईसोलेसन वार्ड बनाउनका लागि जिल्ला कमाण्ड पोष्टसहित सरोकारवालाले जुटेको जिल्ला कमाण्ड पोष्ट बागलुङका संयोजक गौलोचन शैंजुले बताए ।
‘हामि तयार रहनु पर्छ भन्ने हो सम्भावित ठाउँहरुको बिषयमा छलफल चलेको छ’ शैंजूले भने ‘सदरमुकाम बाहिरका स्थानहरुको बिषयमा समेत सम्बन्धित स्थानीय सरकारसँग छलफल थालेका छौं ।’
जिल्ला कमाण्ड पोष्ट र बागलुङ नगरपालिकाले धौलागिरी बहुमुखी क्याम्पसको भवन मंगलवार अवलोकन गरेका छन् । अस्पताल नजिक रहेको भवन उपयुक्त रहेकाले थप पचास शैयाको आईसोलेसन गर्नेगरी तयारी थालिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।
छ जना कोरोनाका संक्रमित र थप एक जना संकास्पद बिरामीको उपचार गरिरहेको धौलागिरी अस्पतालमा १२ शैय्या क्षमताको मात्रै आईसोलेसन छ । सात शैय्यामा बिरामी रहेकाले बाँकी पाँच जना मात्रै अस्पतालमा राख्न सकिन्छ ।
‘क्वारेन्टाइानमा रहेका धेरै जनाको परीक्षणका लागि स्वाव पठाईएको छ, अहिलेसम्मको अवस्था हेर्दा भारतबाट आएकाहरुमा नतिजा पोजेटिभ आईरहेका छन्’ पौडेलले भने ‘झण्डै दुई सय जनाको नजिता आउन बाँकी छ, स्वाव लिन बाँकी रहेकाहरुको पनि लिनु छ, यदि पोजेटिभ आए राख्ने उपचार गर्ने ठाउँको जोहो त गर्नै प¥यो ।’
उनले पचास जना सम्मका लागि धौलागिरी बहुमुखी क्याम्पसमा र बाँकी जिल्लाका अन्य स्थानमा समेत आईसोलेसन बिस्तार गर्नुपर्ने बताए । पौडेलका अनुसार, कुश्मीशेरा, गलकोट, बुर्तिबाङ, खर्वाङ लगायतका स्थानमा आईसोलेसन बनाउन जिल्ला तहमा छलफल सुरु भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समय भारतबाट आएका र अन्य केही गरी ३ सय २७ जनाको थ्रोट स्वाव प्रादेशिक प्रयोगशालामा परीक्षणको क्रममा छ । मंगलबार मात्रै संकलन भएका ७७ थ्रोट स्वाव बुधबार प्रयोगशाला पुग्ने छन् ।
उनीहरुमध्ये अधिकांश भारतबाट आएर स्थानीय तहको क्वारेन्टाईनमा पाँच दिन समय बिताएका हुन् । ‘संक्रमितको संख्या धेरै भएको मुलुकबाट आएकाले सम्भावना धेरै रहन्छ’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने ‘स्थानीय तहको क्वारेन्टाइनमा १ हजार ३ सय ४१ जना हुनुहुन्छ ।’ छिटफुट मात्रै संक्रमण देखा परे पनि तत्काल उपचार थाल्न आईसोलेसनको अभाव रहेकाले विकल्प खोज्न थालिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->